सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नवलपुरमा राष्ट्रिय भेट्रान्स कप फुटबल सुरु


  •    न्युजभित्तो/२० पुष २०७८, मंगलवार १०:२२ 
  •  नवलपुर, २० पुस । नेपालीहरूको महान् पर्व माघेसङ्क्रान्तिको अवसर पारेर नवलपुरमा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता सुरु भएको छ । सोमबार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती–१७ गोछडामा सांसद तिलकबहादुर महत क्षेत्रीले प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

    कार्यक्रममा सांसद क्षेत्रीले खेलाडीले देशको नाम विश्वमा चिनाउने भएकाले उनीहरू राष्ट्रको गौरव भएको बताउनुभयो । देशलाई विश्वसामु चिनाउने खेल क्षेत्रको विकासका लागि आफू सदैव तयार रहेको क्षेत्रीले बताउनुभयो । खेलाडी अनुशासित हुने भन्दै क्षेत्रीले मानव स्वास्थ्यका दृष्टिकोणले समेत खेल खेल्नु राम्रो भएकाले विद्यालय तहबाटै खेलाडी उत्पादन गर्नतर्फ सरकारले लगानी गर्नुपर्ने बताउनुभयो ।

    रिटर्नी माइग्रेन्ट नेपाल नवलपुर शाखाको आयोजनामा भएको प्रतियोगितामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व), नवलपरासी (बर्दघाट–सुस्तापश्चिम), चितवन, काठमाडौँ, कास्की, मकवानपुर, सुर्खेत, पर्सासहितका जिल्लाबाट १२ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा विजेता हुने टिमले नगद रु एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने रिटर्नी माइग्रेन्ट नेपाल नवलपुरका अध्यक्ष भीमबहादुर महतोले बताउनुभयो । यस्तै उपविजेताले नगद रु ५१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । महतोका अनुसार प्रतियोगिताको सबैभन्दा बढी गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षकले समेत नगद रु पाँच हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    चालिस वर्षमाथिका खेलाडीले मात्रै खेल्ने भेट्रान्स कप फुटबल प्रतियोगिता कावासोती–१७ गोछडामा रहेको सरस्वती माविको खेलमैदानमा सुरु भएको हो । प्रतियोगिताको उद्घाटनसत्रमा अध्यक्ष महतोले युवावस्थामा खेलकुदमा सहभागिता जनाउँदै आएका तर, ४० वर्ष नाघेपछि प्रतियोगितामा सहभागिता जनाउन नपाएका खेलाडीलाई भेट्रान्स फुटबल खेलले शारीरिक तथा मानसिकरूपमा तन्दुरुस्त राख्न मद्दत पुग्ने बताउनुभयो ।

    यसैबीच सोमबार भएको उद्घाटन खेलमा नवलपरासी पश्चिम भेट्रान्स टिम विजयी भएको छ । नेशनल भेट्रान्स चितवन र नवलपरासी पश्चिमबीच भएको खेलमा नवलपरासी पश्चिम १–२ गोलअन्तरले विजयी भएको हो । नवलपरासीको तर्फबाट कृष्ण शर्मा र नरबहादुर रानाले एक÷एक गोल गर्नुभएको थियो भने चितवनका लागि सोम लामाले एक गोल गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.