सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बागलुङमा एमाले जिल्ला अधिवेशनको तयारी


  •    न्युजभित्तो/१९ पुष २०७८, सोमबार १४:३२ 
  • बलेवा, १९ पुस । नेकपा (एमाले) को नवौँ जिल्ला अधिवेशनका लागि बागलुङका सबै वडाबाट प्रतिनिधि छनोट भएका छन् । प्रतिनिधि छनोटसँगै चुनावको सरगर्मी बढेको छ । आगामी नेतृत्वका लागि नेता आन्तरिक तयारीमा जुटिरहेका छन् भने अधिवेशन सफल पार्नका लागि अन्य तयारीसमेत तीव्र पारिएको सचिव विष्णु भुसालले जानकारी दिनुभयो ।

    पार्टीको जिल्ला कमिटीको बैठकले विभिन्न उपसमिति बनाएर चुनावको तयारी गरिरहेको छ । आइतबारसम्म जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोट भइसकेका सचिव भुसालले बताउनुभयो ।जिल्लाका ८५ वटै वडाबाट यही पुस १६ गतेदेखि १८ गतेसम्म प्राय सहमतिमै प्रतिनिधि छनोट भएका र केही वडामा सहमतिको प्रयास जारी रहेको बताइएको छ ।

    जिल्ला कमिटी बैठकले प्रत्येक ३० सङ्गठित सदस्य बराबर एक प्रतिनिधि र दलित तथा अल्पसङ्ख्यकका हकमा १० जना बराबर एक÷एक प्रतिनिधि छनोट हुने व्यवस्था गरेको थियो । तीन जना बराबर एक जना महिला अनिवार्य गरिएको थियो । साथै पालिका कमिटीबाट दुई÷दुई र जनसङ्गठनबाट दुई÷दुई प्रतिनिधि छनोट गर्ने व्यवस्था मिलाइएको थियो । अधिवेशनमा ६६० भन्दाबढी प्रतिनिधि सहभागी हुने भएका छन् ।

    अधिवेशनबाट नेतृत्व लिनका लागि नेताले तयारी थालिसकेका छन् । जिल्ला अध्यक्षका यसअघि पार्टीको जिल्लाको नेतृत्व सम्हालिसक्नुभएका जनकराज पौडेल, प्रदेश कमिटीको सचिवालय सदस्यसमेत रहनुभएका हिरा केसी र जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष कृष्ण पाठक हुनुहुन्छ । उपाध्यक्षमा सहकारीकर्मी रामबहादुर जिसी, बागलुङ नगरपालिका–५ मालिकाका वडाध्यक्षसमेत रहनुभएका नेता शिव सापकोटा र पश्चिम बागलुङका नेता गणेश थापा आकाङ्क्षी हुनुहुन्छ ।

    सचिवका लागि हालका सचिव विष्णु भुसाल र यसअघिको अधिवेशनमा उपसचिवमा पराजित हुुनुभएका युवा नेता नेत्र विष्टले आकाङ्क्षा राख्नुभएको छ । सबैभन्दा धेरै आकाङ्क्षी उपसचिवमा छन् । ढोरपाटन नगरपालिकाकी उपप्रमुख करमती पुन, बागलुङ नगरपालिका–९ का वडाध्यक्ष गाणेश थापा, गलकोट नगरपालिका–११ का वडाध्यक्ष डम्मबरबहादुर श्रीष, काठेखोला गाउँपालिका–७ का अध्यक्ष प्रेम लामिछाने, चित्रकला श्रीष, जिल्ला समन्वय समितिका सदस्य राजु केसी र नेता रामबहादुर जिसीले उपसचिवमा आकाङ्क्षा राख्नुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.