सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘बालअधिकार सुनिश्चित गर्न समन्वयात्मक काम गर्नुपर्छ ’


  •    न्युजभित्तो/१९ पुष २०७८, सोमबार ११:१७ 
  • गण्डकी, १९ पुस । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले बाल अधिकार सुनिश्चित गर्न सबै पक्षले समन्वयात्मक काम गर्नुपर्ने बताउनुभएको छ । लमजुङ जिल्लाको बेँसीसहर नगरपालिका–६ लाई बालमैत्री वडा घोषणा गर्दै उहाँले घरभित्र र बाहिर बालअधिकार सुनिश्चित हुनुपर्ने आवश्यकता आँैल्याउनुभयो । गण्डकी प्रदेशले हालसम्म ५६ कानुन निर्माण गरेको जनाउँदै उहाँले आगामी दिनमा बालमैत्री कानुन निर्माण गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

    कार्यक्रममा तत्कालीन संविधानसभा सदस्य टुका हमालले अभिभावक एवं विद्यालय र सिङ्गो समाजले गर्ने व्यवहारबाट बालबालिकाको भविष्य निर्धारण गर्ने जनाउनुभयो । जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डेले बालमैत्री महासन्धिका ५१ बालमैत्री सूचक पूरा गरेको आधारमा बालमैत्री वडा घोषणा गरिएको जानकारी दिँदै यसको निरन्तरताका लागि सवैको साथ र सहयोग आवश्यक रहने विश्वास व्यक्त गर्नुभयो । उक्त वडासहित जिल्लाका हालसम्म कोलास्वथर गाउँपालिका–१, बेँसीसहर नगरपालिका–१ बालमैत्री वडा घोषणा भइसकेका छन् ।

    बेँसीसहर नगर प्रमुख गुमानसिंह अर्यालले बालबालिकाको बाँच्न पाउने, संरक्षण, विकास एवं सहभागिता सुनिश्चित गर्ने लक्ष्यका साथ नगरपालिकाले बालअधिकार संरक्षण तथा सम्वद्र्धन कार्यविधि २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो । वडा कार्यालयद्वारा प्रकाशित बालबालिकाको वस्तुगत विवरण २०७८ कोे विमोचन गरिएको कार्यक्रममा बालमैत्री वडा घोषणा गर्न सहयोग पु¥याउने विद्यालयका छात्रछात्रा, आमा समूहसहित विभिन्न सङ्घसंस्थालाई सम्मानपत्रले सम्मान गरिएको थियो ।

    वडाअध्यक्ष भोजबहादुर रिमालको अध्यक्षतामा भएको कार्यक्रमा नेकपा (एमाले )नेता हीरा विश्वकर्मा, नेपाली कांग्रेसका नेता नारायणबहादुर रिमाल, नगर उपप्रमुख लक्ष्मीदेवी अधिकारी वडा नं ८ का वडाध्यक्ष पवित्रा राना, ग्रामीण सामुदायिक विकास केन्द्र (आरसीडीसी) जिल्ला अध्यक्ष पद्मा गुरुङ, गङ्गा मिलन माविका प्रअ टङ्कबहादुर अधिकारीलगायतले बालबालिकाको शारीरिक एवं मानसिक विकासको लागि आवश्यक पोषणयुक्त आहार, खोप, वातावरणमैत्री भौतिक संरचनालगायतमा ध्यान दिनुपर्ने आवश्यकता आँैल्याउनुभयो ।

    ‘बालअधिकार सुनिश्चितता, गौरवपूर्ण स्वाभिमान ः बालमैत्री वडा कार्यान्वयन, दीर्घकालीन अभियान’ भन्ने मूल नारासहित उक्त घोषणा कार्यक्रममा विद्यालयका छात्रछात्राद्वारा सन्देशमूलक नाटक एवं विविध नृत्य प्रस्तुत गरिएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.