सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तनहुँमा ११ हजार नयाँ मतदाता थपिए


  •    न्युजभित्तो/१८ पुष २०७८, आईतवार १६:०० 
  • दमौली, १८ पुस । तनहुँ जिल्लामा ११ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् ।

    जिल्ला निर्वाचन कार्यालय तनहुँले दुईचरणमा स्थानीय तहमा सञ्चालन गरेको अभियानअन्तर्गत ११ हजार ६२० नयाँ मतदाता थपिएका हुन् । कार्यालयले नौ वटै स्थानीय तहबाट गत मङ्सिर १७ देखि पुस ९ गतेसम्म मतदाता नामावली अभियान सञ्चालन गरेको थियो । त्यसबाहेक जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट पनि मतदाता नामावली सङ्कलन भइरहेको छ ।

    पहिलो चरणमा भीमाद नगरपालिका, घिरिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, बन्दिपुर गाउँपालिका र देवघाट गाउँपालिका तथा दोस्रो चरणमा शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भानु नगरपालिकामा मतदाता नामावली सङ्कलन गरिएको छ ।

    निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले भानु नगरपालिकाबाट सबैभन्दा बढी मतदाता थपिएको जानकारी दिनुभयो । उहाँका अनुसार भानु नगरपालिकाबाट दुई हजार २६५, शुक्लागण्डकी नगरपालिकाबाट एक हजार ५३०, भीमाद नगरपालिकाबाट एक हजार १७, आँबुखैरेनी गाउँपालिकाबाट एक हजार तीन, बन्दिपुर गाउँपालिकाबाट ९२५, देवघाट गाउँपालिकाबाट ७१२, घिरिङ गाउँपालिकाबाट ७२९, म्याग्दे गाउँपालिकाबाट ५३५, ऋषिङ गाउँपालिकाबाट ८६८ मतदाता थपिएका छन् । थपिएकामध्ये महिलाको सङ्ख्या बढी रहेको छ ।

    यसैगरी जिल्ला निर्वाचन कार्यालयबाट ९५५ र जिल्ला प्रशासन कार्यालयबाट एक हजार ८१ मतदाता थपिएका छन् । यसैगरी बाहिरी जिल्लाका ६५ जनाले पनि जिल्ला प्रशासन कार्यालयबाट नामावली दर्ता गराएका छन् । “दर्ता भएका विवरण रुजु गर्ने काम भइरहेको छ, नाम दोहोरिएको भए हट्छ,” प्रमुख ढकालले भन्नुभयो, “परिचयपत्र हराएकाले पनि पुनःनाम दर्ता गराएको हुनसक्छ ।”

    मतदाता नामावली सङ्कलनका लागि नौ दर्तास्थल व्यवस्थापक, पाँच दर्ता कर्मचारी, नौ सहायक दर्ता कर्मचारी र नौ जना दर्तास्थल सहायक गरी कूल ३२ कर्मचारी परिचालन गरिएको थियो । सङ्कलन गरिएको विवरण यही पुस १०देखि २६ गतेसम्म रुजु गरी २९ गतेसम्म निर्वाचन आयोगमा पठाइनेछ ।

    स्थानीय तह निर्वाचन २०७४ मा जिल्लामा एक लाख ९४ हजार ४७१ मतदाता रहेकामा प्रतिनिधि÷प्रदेशसभा निर्वाचनमा दुई लाख ११ हजार ४४६ मतदाता रहेका थिए । विसं २०७७ चैतसम्म १८ वर्ष पुगेका मतदाता दुई लाख २७ हजार ४६ पुगेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म दुई हजार आठ सय १७ मतदाता थपिएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.