चितवन,१८ पुस । फलफूल तथा तरकारी थोक व्यवसायी संघको नेतृत्वमा मुकुन्दप्रसाद गौतम सर्वसम्मत चयन भएका छन् । संघको २२औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनबाट मुकुन्दप्रसाद गौतमलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
अध्यक्ष गौतम सर्वसम्मत भएको अधिवेशनले ११ सदस्यीय कार्यसमिति गठन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा जयराम पाण्डे, उपाध्यक्षमा रामराज पाण्डे, महासचिवमा दिकपाल लामा, सचिवमा शम्भु अधिकारीलाई चयन गरेको छ । यस्तैगरी सदस्यहरुमा शंकरप्रसाद भेटुवाल, मनोज साह रौनियार, सुनिता ठकुरी, कुन्दन तामाङ र दिपक अधिकारी चुनिएका हुन् ।
अधिवेशनले अध्यक्षको अनुकूलतामा पहिलो बैठकबाट थप दुई सदस्य मनोनित हुने गरी सम्पन्न भएको हो । यससँगै १३ सदस्यीय कार्यसमिति गठन हुने नवनिर्वाचित अध्यक्ष गौतमले जानकारी दिए ।
फलफूल तथा तरकारी थोक व्यवसायी संघ चितवन वि।सं। २०५२ सालमा स्थापना भएको हो । हाल संघमा १४५ जना सदस्यहरु आवद्ध रहेका छन् ।