चितवन, १७ पुसः किसान दाना उद्योग प्रालि र दाउन्ने एग्रो फार्म प्रालिले पोल्ट्री दिवसका अबसरमा काठमाडौंमा आज अण्डा बितरण गरेको छ । ती संस्थाले नक्साल र शिफलमा रहेको बालमन्दीरका बालबालिकाहरुलाई अण्डा बितरण गरेको हो ।
सो अबसरमा ६ सय ३० वटा अण्डा बितरण गरिएको थियो । दाउन्ने एग्रोफार्म प्रालिको आधिकारीक बिक्रेता किसान दाना उद्योग प्रालि हो । किसान दाना उद्योग प्रालिका शेयर धनि एबं काठमाडौं बिक्रि केन्द्रका प्रमुखहरु राजकुमार गुरुङ, रवि शाक्य, काजिमान शाक्य, सुरज खाती, युवराज लामिछाने र शुशिल लामिछानेले बालबालिकाहरुलाई अण्डा बितरण गर्नु भएको हो । किसान दाना उद्योग नेपालमा सबैभन्दा वढि अण्डा उत्पादन र संकलन गरेर बिक्रि गर्ने उद्योग हो । जसको आफ्नै १० वटा बिक्रि केन्द्र रहेको छ ।
उद्योगले उपभोक्ताको घर सम्म अण्डा पु¥याउने उद्धेश्यले डिपो बिस्तार गरिरहेको छ । उद्योगका कार्यकारी निर्देशक बिनोद पोख्रेलले पोल्ट्री दिवसलाई पर्बको रुपमा मनाउँदै बालबालिकाहरुलाई अण्डा बितरण गरिएकोे बताउनुभयो । केही दिन अघि राजधानिमा मानव शरिरका लागि प्रोटिनको आबश्यकता हुने सन्देश प्रवाह गर्दै आयोजना गरिएको म्याराथोन दौड रन फर प्रोटीनका लागि सो उद्योगले रु १ लाख सहयोग गरेको थियो ।