सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पूर्वी चितवनको खगेरी खोलामा भरतपुर–कालिका जोड्ने मोटरेबल पुल बन्दै


  •    न्युजभित्तो/१६ पुष २०७८, शुक्रबार १६:१२ 
  •  

    चितवन,१६ पुस ।  पूर्वी चितवनको खगेरी खोलामा भरतपुर र कालिका जोड्ने गरी मोटरेबल पुल बन्ने भएको छ । कुल ७० मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइको पुल बन्न लागेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

    पुल निर्माणका लागि सामान झार्ने काम भइरहेको कार्यालयकी इन्जिनियर पूजा ढकालले जानकारी दिइन् । उनका अनुसार लामा गौरीशङ्कर हिमालय कन्स्ट्रक्सन काठमाडौँले पुल निर्माणको जिम्मा पाएको छ । कुल ७० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुलमा मोटर गुड्ने भाग ७.५ मिटर र बाँकी पैदल हिँड्न मिल्ने गरी फुटपाथ बनाइने उनले बताइन् ।

    १८ महिनामा निर्माण सम्पन्न गर्ने गरी बागमती प्रदेश सरकारको मूल्य अभिवृद्धि करसहित कुल १० करोड ९७ लाख ८८ हजार १२५ रूपैयाँ बजेटमा उक्त पुल बन्न लागेको उनले बताइन् । पुल निर्माणका लागि बागमती प्रदेश सरकारले उक्त बजेट विनियोजन गरेको हो । पुल निर्माणका लागि निर्माण कम्पनीसँग गत असार २० गते नै सम्झौता भएको थियो ।

    भरतपुर महानगरपालिकाको वडा नं–११ को लामाटोलदेखि कालिका नगरपालिकाको वडा नं–५, पदमपुर जोड्ने गरी पुल बन्न लागेको हो । निर्माण सामग्री झार्ने काम भइरहेको हुँदा अबको करिब हप्ता÷दस दिनमा निर्माण कार्य सुरू हुने इन्जिनियर ढकालको भनाइ छ ।

    भरतपुरको भोजाडदेखि पदमपुर जाने बाटोमा रहेको खगेरी खोलाको पुलभन्दा करिब दुई किलोमिटर उत्तरतर्फ पर्ने सोही खोलाको कमिनीघाट भन्ने ठाउँमा अर्को पुल बनेपछि कालिका नगरपालिकाको उत्तरी बस्तीका बासिन्दालाई भरतपुर आउने बाटो छोटिने स्थानीयको भनाइ छ ।

    ‘कमिनीघाटमा पुल नहुँदा हामीलाई भरतपुर जान धेरै बाटो घुम्नुपथ्र्यो’, कालिका–५ का काशिराम महतोले भने, ‘पुल बनेपछि बाटो छोटो हुनुका साथै बजारसम्म पुग्न धेरै सहज हुने भयो ।’ पदमपुरवासीले भरतपुरसम्म आउनका लागि वर्षौंदेखि कमिनीघाटकै बाटो प्रयोग गर्दै आएका छन् । तर, खगेरीमा पुल नहुँदा वर्षात्को समयमा भने यो बाटो ठप्प हुने उनले बताए ।

    पदमपुर तरकारी र केरासहित खेतीपातीका लागि यसै पनि उर्वरभूमि मानिन्छ । आफूलाई पायक पर्ने स्थानमा पुल बन्ने भएपछि पदमपुर क्षेत्रको विकासमा अझ सहज हुने उनको भनाइ छ । कमिनीघाट भरतपुर–११ को लामाटोलबाट करिब दुई किलोमिटर पूर्वमा पर्छ । यहाँ पुल निर्माण भएपछि भरतपुर–११ र कालिका–५ को दूरी पनि नजिक हुने भरतपुर–११ का वडा अध्यक्ष बाबुराम अधिकारी बताउँछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.