सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जगदुल्ला जलविद्युत् आयोजनाको काम धमाधम


  •    न्युजभित्तो/१६ पुष २०७८, शुक्रबार १४:४० 
  • जाजरकोट, १६ पुस । स्वदेशी लगानीमा निर्माण हुन लागेको १०६ मेगावाट क्षमताको अर्धजलाशययुक्त जगदुल्ला जलविद्युत् आयोजनाले गति लिएको छ । डोल्पाका लागि मात्र नभई कर्णालीकै भविष्यसँग उक्त आयोजना जोडिएको छ ।

    हालै आयोजना गरिएको सार्वजनिक सुनवाईका क्रममा मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले
    मुड्केचुला गाउँपालिका–४ इलमा सो आयोजनाको विद्युत्् गृह तथा जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा मुख्य बाँध निर्माण गरिनेछ । जगदुल्लासँगै निर्माणको योजना बनाएको ४१७ मेगावाट क्षमताको नलगाड जलविद्युत्् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) समेत निर्माण हुन सकेको छैन । सो आयोजनाको डीपीआर तयार गर्न चार पटक म्याद थपिएको छ ।

    उज्यालो नेपाल अभियानअन्तर्गत जगदुल्ला आयोजनाको डीपीआर निर्माण गरी वातावरणीय प्रभाव मूल्याङ्कनको काम समेत अघि बढेको छ । आयोजनाले पार्ने प्रभावबारे भौगर्भिक अध्ययन भइरहेको छ । आयोजनाका निमित्त प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाका अनुसार कूल ४०० मिटर लम्बाइको सो आयोजनाको ३२० मिटर सुरुङ खनिएको छ । अस्थायी कार्यालय र आवास निर्माण गरिएको छ ।

    “दुई सय ६० रोपनी जग्गा अधिग्रहण र मुआब्जाको काम सकिएको छ”, उहाँले भन्नुभयो । उत्पादित विद्युत् बिक्रीका लागि नेपाल विद्युत् प्राधिकरणसँग तथा वित्त व्यवस्थापनका लागि विभिन्न बैंक र वित्तीय संस्थासँग छलफल भएको छ । पहुँच मार्गका लागि जाजरकोट–डोल्पा सडकखण्डको त्रिवेणीबाट करिब ४५ किलोमिटर सहायक सडक निर्माण गर्नुपर्ने छ । प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय र स्थानीय पालिकासँग कम्पनीले सहकार्य गरी करिब ३० किलोमिटर सडकको ट्रयाक खोलेको सापकोटाले बताउनुभयो ।

    आयोजनाबाट उत्पादित विद्युत् रुकुम पश्चिमको बाँफिकोटस्थित नेपाल विद्युत् प्राधिकरणको निर्माणाधीन सवस्टेशनमा जोडिने छ । निर्माण गरिएको डीपीआरअनुसार आयोजनाको कूल लागत २० अर्ब छ । ६ दशमलव १ किलोमिटर भूमिगत सुरुङ निर्माण गरी इलमा पानी खसालेर बिजुली उत्पादन गर्ने लक्ष्य छ । जगदुल्ला–१ हुरिकोटमा २३ मिटर अग्लो बाँध निर्माण गरिनेछ । आयोजना निर्माण गर्न चाहिने बिजुलीका लागि फेदीखोला र काइगाउँस्थित खोलाबाट दुई दुई मेगावाट विद्युत्् उत्पादन गर्न सम्भाव्यता अध्ययन भइरहेको छ ।

    रु तीन करोडको लागतमा जगदुल्लाबाट मुड्केचुलाको सर्मीसम्म सडक निर्माण थालिएको छ । त्रिवेणीदेखि आयोजनाको बाँधस्थल हुरिकोटसम्म सडक निर्मण र स्तरोन्नति पुल आयोजनाले नै सापकोटाले बताउनुभयो । सो खण्डमा १० बेलिब्रिज आयोजनाले बनाउने छ । त्रिवेणीमा पुल निर्माणको काम अघि बढेको छ । सो पुल दुई वर्षभित्र निर्माण गर्ने लक्ष्य छ । जाजरकोट–डोल्पा सडकखण्डको जाजरकोट र रुकुमपश्चिमको बीचमा भेरीमा पुल बनाउन काम थालिएको सापकोटाले बताउनुभयो । उक्त पुल निर्माण भए त्रिवेणीस्थित भेरीमा पुल निर्माण गर्न सहज हुने बताइएको छ । आयोजना निर्माणका लागि आवश्यक सामग्री ढुवानी गर्न यही बाटो प्रयोग गर्नुपर्ने छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    टेक्ससको अस्टिनमा कन्सुलर घुम्ती शिविर: २७२ नेपालीले लिए सेवा
    बेलौरीमा हाटबजार पुनः सञ्चालन
    हराउन थाले घुम्ती गोठमा भैँसी पाल्ने चलन
    • कञ्चनपुरमा सिँचाइ क्षेत्र विस्तार भएसँगै गहुँउत्पादनमा वृद्धि
    • क्यान्सर अस्पतालको अध्यक्ष खुला आवेदनबाट चयन गरिने
    • ललितपुरको बालकुमारीमा दुई अर्ब लागतमा ‘सबस्टेशन’ निर्माण हुने
    • सञ्चार मन्त्रालयद्वारा कार्यप्रगति सार्वजनिक: प्रशासनिक तथा प्रविधिमैत्री सेवा प्रवाहमा उल्लेख्य सुधार

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.