सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेस जनाताको लोकप्रिय पार्टी : केन्द्रीय सदस्य महर


  •    न्युजभित्तो/१६ पुष २०७८, शुक्रबार १३:५९ 
  • बैतडी, १६ पुस । नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसको जनताको लोकप्रिय पार्टी भएको बताउनुभएको छ । नेपाली कांग्रेसले राष्ट्रिय योजना आयोगसँग बिहीबार बैतडीको पाटनमा गरिएको छलफल कार्यक्रममा उहाँले कांग्रेस सधँै जनताको हकहितका पक्षमा काम गर्दै उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “जनताको सबै अधिकार सुनिश्चित गर्न कांग्रेस सरकारले गर्छ, विश्वविद्यालयको सुरुआतदेखि विकास निर्माणका काम कांग्रेसको सरकारको पालामा भएका छन् ।”

    कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल, जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट, कांग्रेस बैतडीका उपसभापति वीरबहादुर विष्ट, जनप्रतिनिधि, नेता कार्यकर्ताको लगायतको उपस्थिति रहेको नेविसङ्घ बैतडीका अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि कपिल केसीले जानकारी दिनुभयो ।

    आयोगको अन्तक्र्रिया कार्यक्रम
    आयोगले जिल्लाका सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकाय, जनप्रतिनिधिसँग अन्तक्र्रिया कार्यक्रम गरेको छ । पाटनमा सम्पन्न उक्त कार्यक्रममा केन्द्र सरकारबाट आउने बजेटको कार्यान्वयन, योजना निर्माणको अवस्थाका बारेमा छलफल गरिएको छ । यसका साथै विशेष र समपूरक बजेट कार्यान्वयनबारे र अगामी दिनमा कस्तो किसिमका योजना राख्दा उपयुक्त हुन्छ भन्ने कुरामा पनि छलफल भएको जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले जानकारी दिनुभयो ।

    छलफल कार्यक्रममा विशेष गरेर पञ्चेश्वर परियोजना, पश्चिम सेती अगाडि बढाउनुपर्ने, पाटन–पञ्चेश्वर सडक, मध्यपहाडी लोकमार्गको स्तरोन्नति, महाकाली करिडोर तीव्ररुपमा निर्माण गर्नुपर्ने, बिओपी भवन, प्रहरी चौकी निर्माण गर्न भएको समस्या र गत असोज पहिलो साताको अविरल वर्षाका कारण भएको क्षति, महाकालीमा झोलुङ्गे पुल निर्माण, ठेकेदारका कारण योजना समयमै निर्माण नहुँने लगायतका बारेमा पनि छलफल भएको छ ।

    कार्यक्रममा आयोगका उपाध्यक्ष डा पौडेलले योजना कसरी कार्यान्वयन कसरी भइरहेको छ भनेर अन्तक्र्रिया गरिएको जनाउँदै यहाँको आवश्यकतानुसार योजना राखिने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारको बजेट सबैका लागि समान हो, सबैको पहुँच पुग्ने गरी र सबै पक्षको सहभागितामा योजना लागू गर्नुपर्छ ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.