सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सर्लाही सवारी दुर्घटनाको छानबिन समिति गठन


  •    न्युजभित्तो/१६ पुष २०७८, शुक्रबार १२:०२ 
  • सर्लाही, १५ पुस । ईश्वरपुरमा सवारी दुर्घटनामा परी ज्यान गुमाएको विषयमा छानबिन गर्न प्रहरी उपरीक्षकको नेतृत्वमा समिति गठन गरिएको छ । पीडित पक्षका छ बुँदे मागको सम्बोधन गरी शव बुझ्ने तयारी रहेको भए पनि अचानक पीडित पक्षले सहमति बेगर शव बुझ्न आनाकानी गरेपछि छानबिन समिति गठन गरिएको हो ।

    ईश्वरपुर नगरपालिका–७ मा पाँच दिनअघि मोटरसाइकल अचानक प्रहरीको भ्यानसँग ठोक्किँदा स्थानीयवासी रामकुमार महतोको ज्यान गएको थियो । सोमबारदेखि अस्पतालमा रहेको शव पीडित पक्षले नुबुझ्दा सर्लाहीको सो क्षेत्रमा निषेधाज्ञा पनि आज साँझसम्म थप गरिएको छ भने उक्त दुर्घटनाको विषयमा निष्पक्ष छानबिन गर्न प्रदेश नं २ दङ्गा नियन्त्रण प्रहरी गण ढल्केबर धनुषाका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो ।

    उहाँका अनुसार बुधबार लालबन्दीमा भएको सहमतिअनुसार बिहीबार मृतकका परिवार शव बुझ्न मलङ्गवा पुगे पनि शव नबुझी फर्किएका छन् । गठित छानबिन समितिमा प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवाल, प्रहरी कार्यालय जनकपुर धनुषाका प्रहरी निरीक्षक गोविन्दलाल कर्ण, सोही कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक प्रेमकुमार साह र सङ्घीय प्रहरी एकाइ कार्यालय जनकपुर धनुषामा कार्यरत प्रहरी हवल्दार प्रमोदकुमार साह सदस्य रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले जानकारी दिनुभयो ।

    छानबिन समितिलाई सो दुर्घटनाको सम्बन्धमा सत्यतथ्य बुझेर अविलम्ब प्रतिवेदन बुझाउन निर्देशन दिइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वीरगन्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा भित्रियो
    जिल्लाका दुई सय बढीले पाए जग्गाधनी पुर्जा
    देवघाटका गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण
    • टेक्ससको अस्टिनमा कन्सुलर घुम्ती शिविर: २७२ नेपालीले लिए सेवा
    • बेलौरीमा हाटबजार पुनः सञ्चालन
    • हराउन थाले घुम्ती गोठमा भैँसी पाल्ने चलन
    • कञ्चनपुरमा सिँचाइ क्षेत्र विस्तार भएसँगै गहुँउत्पादनमा वृद्धि

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.