सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आंशिक सुचारु


  •    न्युजभित्तो/१६ पुष २०७८, शुक्रबार ११:५८ 
  • काठमाडौं, १६ पुस । आज बिहानैदेखि बाक्लो हुस्सुका कारण काठमाडौंस्थित त्रिभुवन अवरुद्ध भएको अन्तर्राष्ट्रिय विमानस्थल आंशिक रुपमा सुचारु भएको छ ।

    हुस्सुका कारण शुक्रबार बिहान त्रिभुवन विमानस्थलमा बिहान भिजिबिलिटी घटेर १ सय मिटरसम्म झरेको थियो । तर, अहिले साढे १० बजेबाट अवतरणको अनुमती दिइएको विमानस्थलले जनाएको छ ।

    विमानस्थल कार्यालयका ड्युटी अफिसरका अनुसार दुवईबाट आएको हिमालय एयरलाइन्स ल्याण्ड भएको छ भने अन्य अन्तर्राष्ट्रिय फ्लाइटहरुलाई पनि अवतरणको अनुमती दिइएको छ । यसअघि अवतरण गर्न नसक्दा कतार एयरलाइन्स, फ्लाई दुवईलगायतका सात वटा विमान आकाशमै होल्ड भएका थिए ।

     

    यस्तै तराईका विमानस्थलमा भिजिबिलिटी निकै घटेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सिमरा र भैरहवा विमानस्थलमा भिजिबिलिटी १०० मिटरमा झरेको छ ।

    त्यस्तै, धनगढी र नेपालगन्ज विमानस्थलमा ५ सय मिटर मात्र भिजिबिलिटी छ । विराटनगरमा ६ सय मिटर र जनकपुरमा ८ सय मिटर मात्र भिजिबिलिटी रहेको महाशाखाको तथ्यांक छ । यद्यपि, दिउँसो भने कुहिरो र हुस्सु हट्दै जाने आँकलन गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वीरगन्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा भित्रियो
    जिल्लाका दुई सय बढीले पाए जग्गाधनी पुर्जा
    देवघाटका गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण
    • टेक्ससको अस्टिनमा कन्सुलर घुम्ती शिविर: २७२ नेपालीले लिए सेवा
    • बेलौरीमा हाटबजार पुनः सञ्चालन
    • हराउन थाले घुम्ती गोठमा भैँसी पाल्ने चलन
    • कञ्चनपुरमा सिँचाइ क्षेत्र विस्तार भएसँगै गहुँउत्पादनमा वृद्धि

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.