सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जिप दुर्घटनामा मृत्यु भएका ६ जनाको सामूहिक अन्त्येष्टि


  •    न्युजभित्तो/१५ पुष २०७८, बिहीबार १५:१२ 
  • रौतहट,१५ पुस । गत मंगलबार स्कार्पीयो जिप दुघर्टनामा मृत्यु भएका ६ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ । बुधबार मुस्लिम संस्कार अनुसार उनीहरूको सामूहिक अन्त्येष्टि गरिएको हो ।

    रौतहटको गौर चन्द्रनिगाहपुर सडकखण्डको गरुडा नगरपालिका-१ जयनगरमा भारतीय नम्बर बिआर०५पिए६९५३ नम्बरको जिप दुर्घटना हुँदा एउटै टोलका ६ जनाको मृत्यु भएको थियो ।

    गाँउकै छिमेकी शलाउदिनको छोरा शेख इमारानको बिहेमा जन्ती हिँडेका मध्ये १६ वर्षीय शेख नौसाद, २२ वर्षीय शेख शैनुल्लाह, २५ वर्षीय शेख छोटु, १५ वर्षीय शेख अजिबुल्लाह, ५५ वर्षीय मुसाफिर अन्सारी र ४५ वर्षीय शेख अबुलेसको दुर्घटनामा मृत्यु भएको थियो ।

    नगरकटियाबाट गम्हरीयाको लागि जन्ती हिँडेको जिपमा ९ जना सवार रहेका थिए । गाडी अनियन्त्रित भएर सडकभन्दा २९ फिट तल हिलोमा खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने चार जनाको उपचारका क्रममा मृत्यु भएको थियो । अन्य ३ जना अहिले उपचाररत छन् ।

    अनियन्त्रित गाडी सडकभन्दा केही पर रहेको ३३ केभिएको बिजुलीको पोलमा ठोक्किएर तल हिलोमा झरेको थियो ।

    नमाज पढेपछि ६ जनाकै शवलाई मस्जिदबाट झण्डै २०० मिटर पश्चिमतर्फ रहेको कब्रिस्तानमा लगिएको थियो । अन्तिम संस्कारमा भाग लिन ठूलो संख्यामा जिल्लाका मुस्लिम समुदायका अगुवा तथा जनप्रतिनिधिहरू पुगेका थिए ।

    ६ जनाको मृत्यु हुने गरी भएको दुर्घटनाका बारेमा प्रहरीले अनुसन्धान गर्नुपर्ने र दोषीलाई तत्काल कारबाही गरे मात्रै पीडित परिवारले न्याय पाउने स्थानीय शेख दाउदले बताए ।

    दुर्घटनामा ३ जना घाइते छन् । घाइते शेख अलफाजको वीरगंजमा उपचार भइरहेको छ भने शेख अमानत र शेख करिमुल्लाहको गरुडामा उपचार जारी रहेको इलाका प्रहरी कार्यालय गरुडाको प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले बताए । फरार रहेका चालकको खोजी भइरहेको उनको भनाइ छ ।

    शोकमा बस्ती

    रौतहटको गढीमाई नगरपालिकाको वडा नं. ३ गम्हरीयाका एउटै बस्तीका ६ जनाको दुर्घटनामा मृत्यु भएपछि गाँउ शोकमा डुबेको छ ।

    बिहेमा जन्ती हिँडेकाहरू कहिल्यै नफर्किने गरी अस्ताएपछि गाउँ नै स्तब्ध भएको गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवले बताए ।

    “गाँउलेहरुलाई आकाशनै खसे जस्तो भएको छ । एउटै गाँउका ६ जनाले ज्यान गुमाउँदा सबैलाई पीडा भएको छ” मेयर यादवले भने, “घटनापछि गाडीका चालक फरार रहेकोले प्रहरीले खोजी गरेर छानबिन तथा कानूनी कारबाही गर्नुपर्छ ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.