सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कालीकोटमा महिला मतदाताको सङ्ख्या वृद्धि


  •    न्युजभित्तो/१५ पुष २०७८, बिहीबार १६:१० 
  • मान्म, १५ पुस ।  कालीकोट जिल्लामा गत मङ्सिर १७ गतेदेखि यही पुस ९ गतेसम्म सञ्चालन गरिएको मतदाता नामावली सङ्कलनका क्रममा महिला मतदाता सङ्ख्या बढेको छ । जिल्लाको नौ स्थानीय तहमा सङ्कलन गरिएको मतदाता नामावली सङ्कलनका क्रममा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या वृद्धि भएको हो ।

    ती स्थानीय तहका सञ्चालन गरिएको फोटोसहितको मतदाता नामावली सङ्कलनमा जम्मा दुई हजार ५७८ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख धनबहादुर मल्लले जानकारी दिनुभयो ।

    उहाँका अनुसार हालसम्म १५६१ महिला र १०१७ पुरुष गरी दुई हजार ५७८ जनाले नाम दर्ता गराएका हुन् । स्थानीय तहमध्ये तिलागुफा नगरपालिकामा ३११ महिला १३७ पुरुष, रास्कोट नगरपालिकामा ३१८ महिला ३०० पुरुष, महावैमा १४० महिला ९२ पुरुष, नरहरिनाथमा ३८८ महिला २११ पुरुष, शुभकालिकामा १८४ महिला १५६ पुरुष, सान्नी त्रिवेणीकामा ८८ महिला ६६ पुरुष, पचालभरनामा २०७ महिला ९२ जना पुरुष र पलाँता गाउँपालिका १३८ महिला ५९ पुरुष मतदाता थपिएका उहाँले बताउनुभयो ।

    ती स्थानीय तहका केन्द्रबाटै मतदाता नामावली सङ्कलन विशेष कार्यक्रम आयोजना गरिएको थियो । अहिले जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयबाट नामावली सङ्कलन कार्य जारी रहेको उहाँको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.