सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विभिन्न कार्यक्रम गरी पोल्ट्री दिवस मनाइँदै


  •    न्युजभित्तो/१५ पुष २०७८, बिहीबार १२:५१ 
  • चितवन, १५ पुस । कूल गार्हस्थ्य उत्पादनमा चार प्रतिशत योगदान पु¥याएको पोल्ट्री व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले विविध कार्यक्रम आयोजना गर्दै यसवर्ष यहाँ पोल्ट्री दिवस मनाइने भएको छ । विसं २०७० मा सरकारले पुस १७ गतेलाई पोल्ट्री दिवस मनाउने घोषणा गरेको थियो ।

    जिल्लाका पोल्ट्रीसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाले यस वर्ष विभिन्न कार्यक्रमको आयोजना गरी दिवस मनाउन सुरु गरेका छन् । सङ्घीय र प्रादेशिक सरकारसँग सहकार्य गरेर निजी क्षेत्रले कार्यक्रम गरिरहेका हुन् । नेपाल अण्डा उत्पादक सङ्घले नवौँ पोल्ट्री दिवस शनिबार धनगढीमा मनाउँदैछ । सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीका अनुसार सङ्घको कृषि मन्त्रालय र सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयका अधिकारी एवं निजी क्षेत्रको सहभागितामा अन्तक्र्रियात्मक कार्यक्रम गरिँदै छ । यसअघि सङ्घले पाँचपटक चितवनमा र अन्य वर्षमा पालैपालो बुटवल, झापा, सुर्खेत र यस वर्ष धनगढीमा कार्यक्रम गर्न लागिएको हो । नेपालमा धेरै अण्डा उत्पादन र सङ्कलन गरी बिक्रीवितरण गर्दै आएको दाउन्ने समूहका कार्यकारी निर्देशक विनोद पोख्रेलले यस कार्यक्रमले अण्डा र मासुको महत्व दर्शाउँदै पेशामा आउन उत्प्रेरणा जगाउने बताउनुभयो ।

    पोल्ट्रीसँग सम्बन्धित सङ्घसंस्थाले यसलाई पर्वका रुपमा लिएर कार्यक्रम गर्नेक्रम सुरु भएको बताउनुभयो । नेपाल कुखुरा व्यवसायी मञ्चले दिवसका सन्दर्भमा बुधबारदेखि विभिन्न कार्यक्रम सुरु गरेको छ । मञ्चका अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार पहिलो दिनमा मङ्गलपुरस्थित विश्वप्रकाश माविका विद्यार्थीलाई अण्डा वितरण गरी यसको महत्वका बारेमा जानकारी गराइएको थियो ।

    आज भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामीलाई अण्डा वितरण गरिएको छ । शुक्रबार रत्ननगर बकुलहर अस्पताल र वृद्धाश्रममा अण्डा वितरण गरिनुका साथै एक विद्यालयमा अण्डाको महत्वका बारेमा कार्यक्रम हुँदैछ । पोल्ट्री दिवसका दिन बागमती प्रदेशको कृषि मन्त्रालयको सहयोगमा अन्तक्र्रिया कार्यक्रम गरिँदैछ । मञ्चका सदस्य मदन पोख्रेलका अनुसार दिवसका दिन गरिने कार्यक्रममा सरकारी नीतिनियम र पोल्ट्रिको अवस्था, यलोपेथिक चिकित्सकबाट अण्डा र मासुको महत्व, कृषि तथा वन विज्ञान विश्वविद्यालय र निजी क्षेत्रकोतर्फबाट चार वटा कार्यपत्र प्रस्तुत गरिँदैछ । हरेक वर्ष यो दिवसलाई विशेष अवसरका रुपमा लिएर विभिन्न कार्यक्रम गर्न थालिएको पोख्रेलले जानकारी दिनुभयो । निजी क्षेत्रको अनुरोधमा सरकारले पोल्ट्री दिवस घोषणा गरेको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता
    वीरगन्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा भित्रियो
    जिल्लाका दुई सय बढीले पाए जग्गाधनी पुर्जा
    • देवघाटका गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण
    • टेक्ससको अस्टिनमा कन्सुलर घुम्ती शिविर: २७२ नेपालीले लिए सेवा
    • बेलौरीमा हाटबजार पुनः सञ्चालन
    • हराउन थाले घुम्ती गोठमा भैँसी पाल्ने चलन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.