सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गुल्मीको रेसुङ्गामा हिउँ परेपछि स्थानीय हर्षित (फोटो फिचर)


  •    न्युजभित्तो/१५ पुष २०७८, बिहीबार ११:४५ 
  •  गुल्मी,१५ पुस । गुल्मी जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गामा पनि हिमपात भएको छ । मंगलबार रातिबाट पानीसँगै हिउँपरेपछि स्थानीय हर्षित भएका छन् ।

    बिहीबार बिहानबाट पानी पर्न रोकिएपछि रेसुङ्गामा हिउँ खेल्न जानेहरुको घुइँचो लागेको छ । धेरैले सामाजिक सन्जालमा रेसुङ्गाको हिउँ सहितका तस्विर राख्दै खुसी साटेका छन् । आज सार्वजनिक बिदा भएकाले पनि रेसुङ्गाको हिउँ परेको हेर्न र खेल्न जानेहरुको घुइँचो लागेको छ ।

    रेसुङ्गागामा परेको हिमपात सदरमुकाम तम्घास बजारबाट पनि देख्न सकिन्छ । जिल्लाका अन्य उच्च स्थानहरु अर्जुन, मदाने, टिमुरे, थाप्ले, सालिमेदह लगायतका एक दर्जन स्थानमा सामान्य हिमपात भएको देखिन्छ । वर्षा र हिमपातले हिउँदेबालीलाई फाइदा पुग्ने हुँदा कृषकहरु खुसी छन् ।

    रेसुङ्गालगायतका जिल्लाका उच्च स्थानमा बर्सेनि हिमपात हुने गरेको छ । समुद्री सतहबाट २ हजार ३ सय मिटरको उचाइमा रहेको रेसुङ्गा धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्र पनि हो । यहाँ बिभिन्न अवसरहरुमा मेला लाग्ने गर्दछ । रेसुङ्गाबाट अन्य समयमा पनि धवलागिरिदेखि मनास्लुसम्मको हिमश्रृंखला अवलोकन गर्न सकिन्छ ।

    हिमपातले जिल्ला सदरमुकाम तम्घास बजारमा अत्यधिक चिसो बढेको छ । चिसोका कारण बजारमा चहलपहल समेत घटेको छ ।     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दूरसञ्चार सेवाको पहुँच विस्तार र गुणस्तर सुधारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
    सुनचाँदीको मूल्य तोलामा चार हजार बढी घट्यो
    मन्दिरमा अलपत्र परेका तीन जनाको उद्धार
    • हुलाकमार्फत् करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा, साढे १० लाख सवारी लाइसेन्स र साढे २ लाख राहदानी ढुवानी
    • राष्ट्रियसभा : खाना पकाउने ग्याँसको कृत्रिम अभाव अन्त्य गर्न आग्रह
    • जनताका चाहना असीमित, स्रोत सीमित छः अर्थमन्त्री
    • सम्पादक श्रेष्ठलाई रिहा गर्न पत्रकार महासङ्घको माग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.