सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अझै सञ्चालनमा आउन सकेन राजमार्ग


  •    न्युजभित्तो/१५ पुष २०७८, बिहीबार १६:३६ 
  • कावासोती, १५ पुस। पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको कावासोतीमा बुधबार बिहानदेखि अवरुद्ध राजमार्ग अर्झ सञ्चालमा आउन सकेको छैन् ।

    वर्षाका कारण डाइभर्सनमा क्षति पुग्दा बुधबार बिहानदेखि अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग अझै सञ्चालनमा आउन नसकेको हो । नारायणगढ– बुटवल सडक विस्तारका क्रममा कावासोतीको खरकट्टा जङ्गलमा बनाइएको नयाँ डाइभर्सन वर्षाका कारण भत्किएपछि राजमार्ग अवरुद्ध भएको हो ।

    अवरुद्ध भएको राजमार्ग ३० घण्टा बितिसक्दासमेत मर्मत हुन सकेको छैन । हिलोमा सवारी साधन फसेपछि झनै समस्या भएको छ । अवरुद्ध सडक खुलाउन डाइभर्सन मर्मतको काम भइरहे पनि वर्षाले माटो भिजेर हिलो हुँदा निकै समस्या भइरहेको जिल्ला प्रहरी नवलपरासीका प्रहरी निरीक्षक सागर पन्तले बताउनुभयो ।

    नवलपुर क्षेत्रमा आज बिहानदेखि वर्षा रोकिएकाले अब मर्मत गरेर छिट्टै सञ्चालनमा ल्याइने उहाँको भनाइ छ । फेरि वर्षा भएमा सञ्चालनमा आउन अझै समय लाग्ने उहाँले बताउनुभयो । पूर्व पश्चिम राजमार्गअन्तर्गत नारायणगढ – बुटवल सडकखण्डमा सडक विस्तारको काम चलिरहेकाले वर्षा हुँदा यहाँ सडक अवरुद्ध हुँदै आएको छ । धेरै ठाउँमा डाइभर्सन निर्माण हुँदा वर्षा हुनासाथ डाइभर्सन भत्किने, बिग्रने गर्दा यात्रुले सास्ती भोग्दै आएका छन् ।

    कावासोतीमा सडक अवरुद्ध भएपछि साना सवारी साधन तथा बस कावासोतीदेखि दक्षिणतर्फ पिठौली हुँदै र उत्तरतर्फ रिठ्ठेपानी हुँदै आवतजावत गरिरहेका छन् । ठूला तथा मालबाहक सवारी साधन सडकमा रोकिएका छन् । अहिले पनि कावासोती र प्रगतिनगर क्षेत्रमा सवारी साधनको लामो लाइन लागेको छ । राजमार्ग विस्तारका क्रममा बनाइएका डाइभर्सनका कारणले वर्षाको समयमा कयौँ दिनसम्म नवलपुरस्थित पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको थियो । पुल तथा निर्माड भइरहेका कल्र्भट छिटो निर्माण नगर्दा समस्या कायम रहेको छ । विभिन्न स्थानमा बनाइएका डाइभर्सनमा सामान्य पानी पर्ने बित्तिकै क्षति हुने, हिलो हुने र सवारी वारपार हुन नसक्दा मुख्य राजमार्ग नै घण्टौँ अवरुद्ध हुने गरेको छ ।

    कम जनशक्ति परिचालनले कल्भर्ट तथा पुल निर्माण गर्दा निर्माण कार्य लम्बिदै जाने गरेको छ । यसले कुनै पनि समय पानि परे राजमार्ग अवरुद्ध हुने गरेको छ । साथै पुल समयमा निर्माण नगर्दा डाइभर्सनका कारण यातायात सञ्चालनमा समेत कठिनाइ हुँदै आएको छ ।
    –––

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वीरगन्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा भित्रियो
    जिल्लाका दुई सय बढीले पाए जग्गाधनी पुर्जा
    देवघाटका गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण
    • टेक्ससको अस्टिनमा कन्सुलर घुम्ती शिविर: २७२ नेपालीले लिए सेवा
    • बेलौरीमा हाटबजार पुनः सञ्चालन
    • हराउन थाले घुम्ती गोठमा भैँसी पाल्ने चलन
    • कञ्चनपुरमा सिँचाइ क्षेत्र विस्तार भएसँगै गहुँउत्पादनमा वृद्धि

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.