सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चिसो बढेपछि धुलिखेलका विद्यालय एक हप्ताका लागि बन्द


  •    न्युजभित्तो/१५ पुष २०७८, बिहीबार ११:०१ 
  • बनेपा, १५ पुस । बुधबार परेको वर्षाका कारण चिसो बढेपछि काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकाले आजदेखि एक हप्ताका लागि सबै विद्यालय बन्द गरेको छ । नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गरी वर्षाका कारण तापमान कम भई जाडो बढिरहेकाले विद्यालय आउने बालबालिकालाई चिसाले अन्य स्वास्थ्य समस्या हुने देखिएको हुँदा यही पुस २१ गतेसम्म विद्यालयको पठनपाठन बन्द गरिएको जनाएको हो ।

    जाडो बढेका कारण अहिलेलाई विद्यालय बन्द गरेर पुस २२ गतेदेखि मात्रै विद्यालय सञ्चालन गर्न नगरपालिकाले नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयलाई आग्रह गरेको हो । कतिपय विद्यालयमा दोस्रो त्रैमासिक परीक्षा सञ्चालन भइरहेको भए पनि उक्त परीक्षा विद्यालय खुलेपछि निरन्तरता दिई सञ्चालन गर्ने व्यवस्था मिलाउनसमेत सबै विद्यालयलाई नगरपालिकाको १४ गतेको निर्णयअनुसार अनुरोध गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.