सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्नुपर्छ : श्रममन्त्री श्रेष्ठ


  •    न्युजभित्तो/१५ पुष २०७८, बिहीबार १०:५५ 
  • दमौली, १५ पुस । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तमु ल्होसारले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न सहयोग पुग्ने बताउनुभएको छ । गुरुङ समुदायको पर्व तमु ल्होसारको अवसरमा आज शुभकामना दिँदै मन्त्री श्रेष्ठले बहुजाति, बहुभाषी, बहुसांस्कृतिक र बहुधार्मिक समाजमा यस्ता पर्वले सद्भाव कायम गर्न सहयोग पुग्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, “नयाँ वर्षलाई स्वागत गर्दै तमु समुदायले उत्साह र उमङ्गका साथ मनाउने यस पर्वको छुट्टै सांस्कृतिक महत्व छ ।” मन्त्री श्रेष्ठले यस पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना जगाई समुन्नत राष्ट्र निर्माणको दिशामा अगाडि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता
    वीरगन्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा भित्रियो
    जिल्लाका दुई सय बढीले पाए जग्गाधनी पुर्जा
    • देवघाटका गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण
    • टेक्ससको अस्टिनमा कन्सुलर घुम्ती शिविर: २७२ नेपालीले लिए सेवा
    • बेलौरीमा हाटबजार पुनः सञ्चालन
    • हराउन थाले घुम्ती गोठमा भैँसी पाल्ने चलन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.