सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाली काँग्रेस चितवनले ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउने


  •    न्युजभित्तो/१४ पुष २०७८, बुधबार १६:४५ 
  • चितवन, १४ पुस । नेपाली काँग्रेस चितवनले ४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस भव्य रुपमा मनाउने भएको छ । काँग्रेस चितवनको आज सम्पन्न पदाधिकारी बैठकले यही पुस १६ गते महामानव बिपि कोईराला मेलमिलापको नीति लिएर नेपाल फर्किएको दिनको उपलक्षमा कार्यक्रम गर्ने निर्णय गरेको हो ।

    वि. सं. २०३३ साल पुस १६ गते महामानव बिपि कोईराला मेलमिलाप र एकताको नीति लिएर भारतबाट नेपाल फर्कनु भएको थियो । सोही दिनको सम्झनामा काँग्रेसले मेलमिलाप दिवस मनाउदैं आएको छ । काँग्रेस चितवनका सचिब उत्तम जोशीका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर ९ हाकिमचोकमा रहेको चितवन मिड टाउन रिसोर्टमा कार्यक्रमको आयोजना गरिएको छ । सोही कार्यक्रममा नेपाली काँग्रेसको १४ औं महाधिबेशनमा निर्वाचित केन्द्रिय सदस्य एबं प्रदेश सदस्यहरुलाई सम्मान समेत गरिने उहाँले जानकारी दिनुभयो । यस संगै काँग्रेसका तर्फबाट प्रदेश मन्त्री वन्नुभएको चितवनका दुई जना प्रदेश सांसदहरु बलराम पौडेल र मिलनबाबु श्रेष्ठलाई समेत सम्मान गर्ने कार्यक्रम रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.