सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा एक वर्षमा ९२ वटा मानव अधिकार उल्लंघनका घटना


  •    न्युजभित्तो/१४ पुष २०७८, बुधबार १६:५५ 
  • चितवन, १४ पुस  । चितवनमा एक वर्षमा ९२ वटा मानव अधिकार उल्लंघनका घटना भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनले आज (बुधबार) भरतपुरमा वार्षिक पूर्व समिक्षा कार्यक्रममा सन २०२१ मा जिल्लाभर ९२ वटा मानव अधिकार उल्लंघनका घटना भएको जनाएको हो ।

    इन्सेकको तथ्याङ्क अनुसार एक वर्षमा जिल्लाभर बाल अधिकार सम्बन्धि ५० वटा घटना घटेका छन् । जसमध्ये बलात्कारका घटना २९, यौन दुव्र्यवहारका घटना १८, बाल बेचबिखनका घटना ३, बाल बिबाहका १ वटा घटना दर्ता भएका छन् । यी मध्ये एक जना बालकमाथि यौन दुव्र्यवहार भएको छ भने, बाँकी १७ बालिका रहेको इन्सेकले जनाएको छ ।

    त्यस्तै चितवनमा यस वर्ष कुटपिटबाट २ जना पुरुषको हत्या भएको छ । धारिलो हतियार प्रयोग गरी एक जना पुरुषको हत्या भएको छ भने, १ जना महिलाको अप्रत्याशित हत्या भएको छ ।

    इन्सेकले दिएको जानकारी अनुसार घरेलु हिंसाका घटना १, बहुविवाहका घटना १०, महिला बलात्कारका घटना १६, बलात्कार प्रयासका घटना ७ र यौन दुव्र्यवहारका घटना ३ गरी ३७ वटा घटना भएको इन्सेक चितवनका प्रतिनिधि दिपेन्द्र अधिकारीले जानकारी दिए ।

    अधिकारीका अनुसार गत वर्षको तुलनामा यस वर्ष मानव अधिकारका घटना केही कम भएका छन् । उनका अनुसार अघिल्लो वर्ष कुल १०६ वटा घटना भएका थिए ।
    उनका अनुसार गत वर्ष चितवनमा ११० वटा घटना संकलन भएका थिए । जसमध्ये महिला बलात्कारका १५, बलात्कार प्रयासका ७ घटना भएका छन् । सोही वर्ष बालिका कलात्कारका ३६ वटा र ५ वटा बलात्कार प्रयासका घटना भएका थिए । भने ६ जना बाल बालिकामाथि यौन दुव्र्यबहार भएको थियो ।

    गत वर्ष चितवनमा ४ महिला र ५ पुरुषको हत्या, बह्विवाहका घटना १४, आत्महत्या दुरुत्साहनका घटना ३, मानव वेचविखनका घटना ४, वम विस्फोटका १, हतियार सम्बन्धी १ र राज्य विरुद्धका अपराधका ५ वटा घटना भएका थिए ।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका एसपी ओम प्रसाद अधिकारीले मानव अधिकारका घटना कम हुँदै गएको भन्दै यस्ता घटनालाई न्यूनिकरण गर्न सबै निकायले सहयोग गर्नुपर्ने बताए ।

    पछिल्लो समय प्रविधिको दुरुपयोग गरी यस्ता घटना घटेको अभिभावकले बालबालिकालाई यसप्रति सचेत गराउन समेत उनले आग्रह गरे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.