सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नागरिकलाई भूकम्पबाट जोगिन सिकाउने सन्देश प्रवाह गरौँ : गृहमन्त्री खाँण


  •    न्युजभित्तो/१४ पुष २०७८, बुधबार १३:२५ 
  • काठमाडौँ, १४ पुुस  । गृहमन्त्री बालकृष्ण खाँणले भूकम्पलगायत प्राकृतिक प्रकोपबाट नागरिकको जीउधनको सुरक्षा गर्नु सबैको दायित्व भएको बताउनुभएको छ । गृहमन्त्रालयमा आज भएको २४ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह समिति बैठकमा उहाँले सबै नागरिकमा एक दिनमात्र होइन, हरेक दिन भूकम्पसम्बन्धी सजगता दिलाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । गृहमन्त्री खाँणले भन्नुभयो, “भूकम्पीय जोखिमका हिसाबले नेपाल ११ औँ स्थानमा पर्छ, पछिल्लो भूकम्पले सबैलाई सजग तुल्याएको छ, ठूलो जनधनको क्षति भयो । भूकम्पपछिको पुनःनिर्माणका काम अझै भइरहेका छन् ।”

    सरकारले २४ औँ भूकम्प सुरक्षा दिवस मूल समारोह माघ २ गते ललितपुर महानगरपालिकाको पाटन दरबार स्क्वायरमा गर्नेे भएको छ । भूकम्पबाट जनधनको क्षति कम गर्न जारी भएको पूर्वाधार निर्माणमा आचारसंहिताको पूर्णपालना गरिनुपर्नेमा जोड दिँदै उहाँले दिवसलाई औपचारिकतामा सीमित नतुल्याई नागरिकलाई भूकम्पबाट जोगिन सिकाउने सन्देश प्रवाह गर्न सक्नुपर्छ भन्नुभयो ।

    विसं १९९० माघ २ गते महाभूकम्पबाट भएको क्षति र सम्झनास्वरुप विसं २०५५ देखि हरेक वर्ष सोही दिन राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । बैठकले २४ औँ भूकम्प सुरक्षा दिवस भव्यताका साथ मनाउन नागरिक समाज, संयुक्त राष्ट्रसङ्घीय निकाय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र समुदायलाई आह्वान गरेको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिरणका कार्यकारी निर्देशक अनिल पोखरेलले २४ औँ भूकम्प दिवसका लागि प्रस्तावित र तय गरिएका समग्र कार्यक्रम र बजेटबारे जानकारी दिनुभयो । भूकम्प दिवसलाई सफल तुल्याउन राष्ट्रिय सञ्चारमाध्यममा भूकम्पीय जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी लेख रचना, सार्वजनिक सन्देश प्रकाशन र प्रसारण गर्ने कार्यक्रम तय भएको छ ।

    भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी डिजिटल प्रचारप्रसार सामग्री वितरण, रेडियो र टेलिभिजनमा भूकम्पीय जोखिम न्यूनीकरण परिसंवाद र अन्तक्र्रिया, काठमाडौँ उपत्यका, प्रदेश, जिल्ला र स्थानीय तहमा भूकम्प स्मृतिसभा गर्ने कार्यक्रम बनाइएको छ ।

    दिवसका अवसरमा विपद्पुस्तिका लोकार्पण, भूकम्प सुरक्षा डिजिटल प्रदर्शनी, सडक नाटक प्रदर्शनी र भूकम्पीय सुरक्षासम्बन्धी राष्ट्रिय गोष्ठीका अरिक्ति ¥याली एवं झाँकीसमेत प्रदर्शन हुनेछ । सहरी विकास तथा भवन निर्माण विभाग, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस, प्रदेश, स्थानीय, जिल्ला प्रशासनको समन्वय र सहभागितामा मुलुकभर भूकम्प सुरक्षा दिवससम्बन्धी विभिन्न कार्यक्रम हुनेछ ।

    काठमाडौँ महानगरपालिकाले माघ २ गते भूगोलपार्कमा भूकम्प स्मृतिसभा गर्नेछ । यस वर्ष भूकम्प दिवसको नारा ‘बहुप्रकोपीय विपद्मा भूकम्प सुरक्षा, साझा सहकार्यमा जन धनको रक्षा’ भन्ने छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह
    पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता
    • वीरगन्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा भित्रियो
    • जिल्लाका दुई सय बढीले पाए जग्गाधनी पुर्जा
    • देवघाटका गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण
    • टेक्ससको अस्टिनमा कन्सुलर घुम्ती शिविर: २७२ नेपालीले लिए सेवा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.