सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नयाँ बसपार्कमा सामूहिक बलात्कार गरेको आरोपमा ८ जना पक्राउ


  •    न्युजभित्तो/१४ पुष २०७८, बुधबार १२:५७ 
  • काठमाडौं, १४ पुस। काठमाडौंको नयाँ बसपार्कमा एक महिलालाई सामूहिक बलात्कार गरेको अभियोगमा ८ जना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा मुगुका युवराज बडुवाल, हिक्मत नेपाली, रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरि बुढा, गोपालकुमार श्रीस र अर्का एक व्यक्ति छन् ।

     

    काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले ७ जनालाई मंगलबार साँझसम्ममा पक्राउ गरिएको र अर्का एक जना बुधबार बिहान पक्राउ परेको  बताए ।

    उनका अनुसार पीडित सुर्खेतबाट काम खोज्दै काठमाडौं आएकी महिला हुन् । उनका श्रीमान् धेरै पहिलेदेखि बेपत्ता रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

    वैदेशिक रोजगारीमा जाने तयारी गरिरहेका व्यक्तिहरुले उनलाई फकाएर होटलमा लगेर सोमबार साँझदेखि मंगलबारसम्म जबर्जस्ती करणी गरेको भन्दै जाहेरी परेको एसपी मैनाली बताउँछन् ।

    प्रहरीका अनुसार युवराजले सुरुमा उनलाई फकाएर गेस्ट हाउसमा लगेका थिए । त्यसपछि विभिन्न व्यक्तिले जबर्जस्ती करणी गरेको भन्दै उजुरी परेको छ । घटनामा संलग्न अर्का एक जना अझै फरार छन् ।

    महिलाको मंगलबारै प्रसूतिगृहमा स्वास्थ्य परीक्षण पनि गरिएको छ । घटनाबारे प्रहरी प्रभाग, बसपार्कमा जानकारी आएलगत्तै काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदीप गिरी सहितको टोली त्यहाँ पुगेको थियो । त्यसपछि सीसी टीभी फुटेज र प्राविधिक विश्लेषण गरेर घटनामा संलग्नहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

     

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह
    पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता
    • वीरगन्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा भित्रियो
    • जिल्लाका दुई सय बढीले पाए जग्गाधनी पुर्जा
    • देवघाटका गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण
    • टेक्ससको अस्टिनमा कन्सुलर घुम्ती शिविर: २७२ नेपालीले लिए सेवा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.