सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भूकम्प सुरक्षा दिवसको मुख्य कार्यक्रम पाटन दरबार स्क्वायरमा हुने


  •    न्युजभित्तो/१४ पुष २०७८, बुधबार १२:२० 
  • काठमाडौँ, १४ पुुस । नेपाल सरकारले २४ औँ भूकम्प सुरक्षा दिवस मूल समारोहको मुख्य कार्यक्रम ललितपुर महानगरपालिकाको पाटन दरबार स्क्वायरमा गर्नेे भएको छ ।

    गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा गृहमन्त्रालमा आज भएको भूकम्प सुरक्षा दिवस, २०७८ मूल समारोह समितिको बैठकले भूकम्प सुरक्षा दिवसको मूल कार्यक्रम पाटनमा गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवा सो समारोहमा प्रमुख अतिथि रहनुहुनेछ ।

    विसं १९९० माघ २ गते महाभूकम्पबाट भएको क्षति र सम्झनास्वरुप विसं २०५५ देखि हरेक वर्ष सोही दिन भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । भूकम्पबाट कसरी सुरक्षित हुने भन्ने सन्दर्भमा जनचेतना दिलाउन स्वास्थ्य मापदण्डको पालना गर्दै मुलुकभर यही पुस २६ देखि आगामी माघ १६ गतेसम्म विभिन्न कार्यक्रम गरी भूकम्प दिवस भव्यताका साथ मनाउन लागिएको हो ।

    ललितपुर महानगरपालिकाका नगर प्रमुखको संयोजकत्वमा व्यवस्थापन उपसमिति र सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ । भूकम्प सुरक्षा दिवसको नारासहितका पोष्टर मुलुकभरका निजी, सामुदायिक तथा सरकारी विद्यालयमा पठाई विभिन्न शैक्षिक एवं चेतनामूलक कार्यक्रम गरिने भएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र स्थानीय पालिकालाई सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयमार्फत प्रदेशस्तर र पालिकास्तरमा विभिन्न कार्यक्रमसहित दिवस मनाउन सबै प्रदेश सरकारलाई पत्राचार गर्न अनुरोध गर्ने निर्णय गरिएको छ ।

    बैठकले जिल्ला प्रशासन कार्यालयलाई भूकम्प सुरक्षा दिवस, विभिन्न कार्यक्रम आयोजना राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट परिपत्र गर्ने निर्णय गरेको छ । यस वर्ष भूकम्प दिवसको नारा ‘बहुप्रकोपीय विपद्मा भूकम्प सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.