सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाँच महिनामा ३६७ प्रहरीविरुद्ध उजुरी, ११४५ जना कारबाहीमा


  •    न्युजभित्तो/१३ पुष २०७८, मंगलवार १४:१८ 
  • काठमाडौं,१३ पुस । साउनदेखि मंसिरसम्म पाँच महिनाको अवधिमा कार्यसम्पादनमा प्रश्न उठाउँदै ३६७ जना प्रहरी कर्मचारीविरुद्ध विभिन्न निकायमा उजुरी परेको छ ।

    अनलाइन उजुरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, हेलो सरकार लगायतमा ती उजुरी परेका हुन् ।

    उजुरी परेका मध्ये १३८ वटा विषय अझै छानविनका क्रममा रहेको केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले बताए । उनका अनुसार २२९ वटा घटनाको छानबिन सकिएको छ ।

    यही अवधिमा १ हजार १४५ जना प्रहरी कर्मचारीमा परेका छन् । कारबाहीमा पर्नेमा प्रहरी उपरीक्षक (एसपी) ३, प्रहरी नायब उपरीक्षक (डीएसपी) ४, प्रहरी निरीक्षक (इन्स्पेक्टर) १२, प्रहरी नायब निरीक्षक (सई) ४६ र प्रहरी सहायक निरीक्षक (असई) ४६ जना छन् ।

    त्यस्तै, ३०५ जना हवल्दार कारबाहीमा परेका छन्, ६७५ प्रहरी जवान र १४ प्रकाश कारबाहीमा परेका छन् । प्रहरीले यही अवधिमा एक हजार ९८० जनालाई प्रहरी कर्मचारीलाई पुरस्कृत पनि गरेको छ ।

    पुरस्कार पाउनेमा एक जना प्रहरी नायब महानिरीक्षक (डीआईजी), ६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), २१ जना एसपी, ७७ जना डीएसपी, १६४ जना इन्स्पेक्टर, २४६ जना सई र २८८ जना असई छन् । यही अवधिमा ४४१ जना हवल्दार, ७३३ जवान र ३ जना प्रकाश पनि पुरस्कृत भएका छन् ।

    प्रहरी प्रवक्ता कुँवर गत वर्षको तुलानामा पुरस्कार पाउनेको संख्या १७.१६ प्रतिशतले बढेको बताउँछन् । त्यसो त सजाय पाउनेको संख्या पनि २१.२९ प्रतिशतले बढेको छ । प्रहरी कर्मचारीविरुद्ध सार्वजनिक निकायमा पर्ने उजुरीको संख्या चाहिँ ३.६७ प्रतिशतले घटेको कुँवरले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह
    • पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता
    • वीरगन्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा भित्रियो
    • जिल्लाका दुई सय बढीले पाए जग्गाधनी पुर्जा
    • देवघाटका गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.