सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एनआरएनएको विधान संशोधनका लागि तदर्थ समिति गठनको तयारी


  •    न्युजभित्तो/१३ पुष २०७८, मंगलवार १३:५७ 
  • काठमाडौँ, १३ पुस । प्रतिनिधि विवादका कारण गत अक्टोबरमा नै हुनुपर्नेमा स्थगित भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को निर्वाचन गराउन विधान संशोधनका लागि तदर्थ समिति गठन गर्ने तयारी थालिएको छ ।

    बारम्बार मिति तोक्दा पनि निर्वाचन हुन नसकेपछि एनआरएनएमा उत्पन्न विवादलाई समाधान गर्न लागि निर्वाचन कमिटीले तदर्थ समिति गठनको गृहकार्य सुरु गरेको जनाएको छ । वर्तमान कार्यसमितिले निर्वाचनमा सहभागी हुने प्रतिनिधिको नामावली निर्वाचन कमिटीलाई उपलब्ध गराउन नसकेपछि एनआरएनएको निर्वाचन पटकपटक स्थगन हुँदै आएको छ । निर्वाचन कमिटी गठन गरिएको लामो समय बितिसक्दा पनि निर्वाचन गराउने वातावरण नबनेपछि एनआरएनएभित्रको विवाद समाधानका लागि तदर्थ समिति गठन गरी समस्याको समाधान खोज्न पर्नेमा जोड दिइएको छ ।

    निर्वाचन कमिटीका एक सदस्यका अनुसार विवाद समाधानका लागि तत्काल एक स्वतन्त्र तदर्थ समिति गठन गर्ने तयारी भइरहेको हो । वर्तमान कार्यसमितिको थपिएको छ महिने अवधि पनि सकिन लागेकाले त्यसअगावै निर्वाचन कमिटीले तदर्थ समिति बनाउने र सो समितिले विशेष साधारणसभा बोलाएर अहिले देखिएको विवादित निर्वाचन प्रणालीलाई हटाउँदै सर्वपक्षीय र सरल तरिकाबाट विधान परिमार्जन गरी दिगो समाधान निकाल्न सहज हुने उहाँको भनाइ छ ।

    समितिले बढीमा दुई वर्ष नभए एक वा छ महिनाभित्र विशेष साधारणसभा बोलाएर विधान संशोधन गर्दै एनआरएनएभित्रको विवाद समाधान गरेपछि अहिलेकै निर्वाचन कमिटीलाई पुनः सक्रिय गराएर निर्वाचन गराउनेछ । त्यसका लागि निर्वाचन कमिटीले कानूनविद्सँग सरसल्लाह गरिसकेको जनाइएको छ ।

    निर्वाचन कमिटी गठन भएयता पटकपटक बैठक बसिसकेको भए पनि निर्वाचन प्रतिनिधिको नामावली नदिँदा निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन । एनआरएन एक सामाजिक संस्था भएकाले जर्वजस्ती निर्वाचनमा जानु उचित नहुने भएकाले विशेष साधारणसभा गरी त्यसले मौजुदा विधान संशोधन गरी निर्वाचनमा जाँदा सबैलाई समेट्न र विवाद पनि नआउने उहाँको भनाइ छ ।

    एनआरएनमा विवाद समाधानका लागि भएको पटकपटकको प्रयास असफल भएपछि केही समयअघि अध्यक्ष कुमार पन्तले अर्को एक समिति गठन गर्नुभएको भए पनि त्यो समितिले अहिलेसम्म विवाद सुल्झाउन सकेको छैन । एनआरएनमा अहिलेको मुख्य विवाद निर्वाचन प्रणाली भएकाले निर्वाचन प्रणालीलाई सच्याएर सर्वमान्य बनाउन सकेमात्रै संस्थालाई एकढिक्का राख्न सकिने ती सदस्यको तर्क छ ।
    –––

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह
    • पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता
    • वीरगन्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा भित्रियो
    • जिल्लाका दुई सय बढीले पाए जग्गाधनी पुर्जा
    • देवघाटका गुरुकूल शिक्षामा विद्यार्थीको आकर्षण

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.