सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पहिलो आरोहण असफलपछि साइपालमा कोही आएनन्


  •    न्युजभित्तो/१३ पुष २०७८, मंगलवार १३:०७ 
  • बझाङ, १३पुस । सुदूरपश्चिमकै आकर्षक बझाङको साइपाल हिमाल पहिलोपटक आरोहण असफल भएको थियो । हिमालसँग मानवसम्बन्ध जोडिएको ७० वर्षसम्म पनि साइपाल हिमाल (७,०३१ मिटर) को अझै सफल आरोहण हुन सकेको छैन । साइपाल आरोहणका लागि अघिल्लोपटकका आरोहीसहित ३७ जनाको टोलीले प्रयास गरे पनि असफल भएका थिए ।

    पर्वतारोही पूर्वी क्षेत्रमा मात्र केन्द्रित भएको भन्दै पर्यटन व्यवसायीले २०७५ सालमा साइपाल हिमालको आरोहणका लागि पहल गरेका थिए । कात्तिकमा आरोहण हुने गरी तीन आरोहणदलबाट २० आरोहीले पर्यटन विभागबाट अनुमति लिएका थिए । शेर्पा हिमालय अण्डर कम्पनीबाट आरोहणमा गएका चार शेर्पा र दुई जना स्पेनका आरोही पाँच हजार ५०० मिटरसम्म पुगेर फर्केको शेर्पा पथप्रदर्शक पेछुम्बे शेर्पाले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “प्राविधिकरुपमा कठिन हिमाल रहेछ त्यसैले हाम्रो तयारी कम भएर फिर्ता हुन बाध्य भयौँ ।” आरोही सक्षम हुने भए आरोहण सफल हुने उहाँको विश्वास छ । शेर्पा गाइडले एक हजार २०० मिटर डोरी टाँगेर सो समिटसम्म बाटो बनाए पनि स्थानीय चार महिला र अन्य आरोहीले जान नसक्ने भनेपछि पहिलो आरोहण सफल नभएको शेर्पाले बताउनुभयो ।

    सक्षम आरोहीको समूहले अल्पाइन आरोहण (डोरीबिना चड्ने) गर्ने हो भने आरोहण सफल हुने गाइडले अनुभव गरेका छन् । पश्चिम क्षेत्रमा १०० बढी हिमाल पहिचान गरी आरोहणका लागि खुला गरिए पनि अझै आरोहण हुन सकेको छैन । त्यसैले आरोहण हुन नसकेका हिमालको आरोहण सफल बनाउन पर्यटन विभागले सहयोग गर्नुपर्ने पर्यटन व्यवसायीको माग छ । विभागले आरोहण हुन नसकेका हिमालको आधार शिविरसम्म पुग्ने बाटो, भौतिक संरचना निर्माण र प्रचारप्रसार गरी आरोहीलाई आकर्षित गर्नुपर्ने साइपाल हिमाल आरोहण दलका बेसक्याम्प मेनेजर भोजराज भट्टको भनाइ छ ।

    सरकारले पश्चिम क्षेत्रमा पर्यटन विकास गर्ने लक्ष्यसाथ २० वर्षसम्म त्यस क्षेत्रका हिमाल आरोहणमा रोयल्टी निःशुल्क गरे पनि आरोहण हुन सकेको थिएन । केही वर्षदेखि पर्यटन विभागले रोयल्टी लिन सुरु गरेको पर्यटन विभागले जानकारी दिएको छ । सुदूरपश्चिमका हिमालबाट विभागले २०७५ सालसम्मको तथ्याङ्कमा चार लाख ८१ हजार राजस्व सङ्कलन गरेको छ । सरकारले पहिचान गरी आरोहणका लागि खुला गरेका ४०३ हिमालमध्ये मुख्य आकर्षक हिमालमा साइपाल पर्ने साइपाल हिमाल आरोहण गर्न गएका आरोहीको भनाइ छ । पश्चिम क्षेत्रमा करिब डेढ सय हिमाल छन् तर आरोहण हुन नसकेको भन्दै यसका लागि तीनै तहका सरकारले विशेष प्याकेज नै ल्याएर आरोहण विस्तार गर्नुपर्ने उहाँको सुझाव छ ।

    स्थानीयवासीले सुदूरपश्चिममै पहिलो आरोहण हुन लागेको भन्दै पछिल्लो पटक गएका पर्वतारोहीलाई बझाङको सदरमुकाम चैनपुरमा स्वागत गरेका थिए । आरोहण दलका सदस्य र स्थानीयसहित ३७ को टोली आधारशिविरतर्फ गएको थियो । आरोहण दलमा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढिसकेका आरोही डा जर्ज र एडुर्ने पासावन रहेका थिए ।(रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.