सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विपद् व्यवस्थापनमा सरकार सचेत–मन्त्री कार्की


  •    न्युजभित्तो/१३ पुष २०७८, मंगलवार १२:३१ 
  • विराटनगर,१३ पुस । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले विपद् व्यवस्थापनका लागि सरकार सचेत रहेको बताउनुभएको छ ।उक्त मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘विपद् व्यवस्थापनका लागि सुरक्षा निकायसँग पूर्वअभ्याससहितको अन्तक्र्रिया’ कार्यक्रम शुभारम्भ गर्दै उहाँले प्रदेशमा विपद् हुने क्षेत्रलाई नक्साङ्कन गरेर योजनासहित अघि बढ्ने जानकारी दिनुभयो ।
    मन्त्री कार्कीले विपद् पछि राहत, उद्धार र पुनःस्थापनाका लागि अग्रभागमा खटिने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई जति प्रशंसा गरे पनि कम हुने भन्दै विपद्पछि राहत वितरणमा तछाडमछाड गर्ने टोलीलाई पनि एकद्वार प्रणालीमा ल्याउनु आवश्यक छ भन्नुुभयो । उहाँले विपद्मा खटिने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई उच्चमनोबलका साथ काम गर्न आग्रह गर्दै यो काममा समुदायका मानिसलाई पनि परिचालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले विपद्मा उद्धार र राहतमा खटिने नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सिकाइ एवं अनुभव एक अर्कामा आदानप्रादन गर्ने उद्देश्यले आयोजित यो कार्यक्रममा प्राप्त ज्ञानले विपद् व्यवस्थापनमा थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले विपद् व्यवस्थापनमा मन्त्रालयले कार्ययोजना बनाएर प्रत्येक नगरपालिकाका रक्षकलाई पनि तालिम दिने योजना रहेकाले विपद् व्यवस्थापनमा एकीकृत ढङ्गले अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।
    नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका अधिकृत एवं जवानलाई सशस्त्र प्रहरीका नायब उपरीक्षक वीरेन्द्र खनालले दुई दिनसम्म विपत्सम्बन्धी तालिम दिनुहुने भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.