सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राजमार्गभन्दा भित्री सडक जोखिमपूर्ण


  •    न्युजभित्तो/१३ पुष २०७८, मंगलवार १०:२७ 
  • चितवन, १३ पुस । जिल्लाका भित्री सडकमा सवारी दुर्घटनाको जोखिम बढी हुने गरेको छ । पछिल्ला केही वर्षको तथ्याङ्क हेर्ने हो भने मुख्य राजमार्गभन्दा भित्री सडक बढी जोखिम हुने गरेको पाइन्छ ।

    चालु आर्थिक वर्ष २०७८/७९ को मङ्सिरसम्म सवारी दुर्घटनामा ६० जनाको मृत्यु भएको छ । २५ जनाको भित्री सडकमा भएको सवारी दुर्घटनामा ज्यान गएको हो । यही अवधिमा जिल्लाभर २२४ वटा सवारी दुर्घटना भएका छन् । यीमध्ये भित्री सडकमा मात्रै १०२ वटा सवारी दुर्घटना भएका छन् । यही अवधिमा जिल्लाभर सवारी दुर्घटनामा ३८३ घाइते भएका छन् । उनीहरूमध्ये १६८ जना भित्री सडकमा भएको सवारी दुर्घटनामा घाइते भएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको यस तथ्याङ्कले भित्री सडकमा दुर्घटनाको अवस्था जोखिमपूर्ण रहेको देखिन्छ ।

    भित्री सडकबाहेक पूर्व–पश्चिम लोकमार्गमा चालु आर्थिक वर्षको पाँच महिनामा सवारी दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने ९० घाइते भएका छन् । यो अवधिमा उक्त सडकखण्डमा ४९ वटा सवारी दुर्घटना भएका थिए । यही अवधिमा नारायणगढ–मुग्लिन सडकमा ४१ वटा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ८३ जना घाइते भएका छन् ।

    पृथ्वी राजमार्गमा १२ सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । सहरी सडकखण्डमा २० वटा सवारी दुर्घटना भएका छन् । जसमा तीन जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । आव २०७३/७४ मा भित्री सडक दुर्घटनामा ३० जनाको मृत्यु तथा २५८ घाइते, २०७४/७५ मा ४३ जनाको मृत्यु तथा २७१ जना घाइते भएका थिए । २०७५/७६ मा ४२ जनाको मृत्यु तथा २९५ जना घाइते र २०७६/७७ मा २९ जनाको मृत्यु तथा २६१ जना घाइते भएका थिए ।

    भित्री सडकमा लापरवाही तरिकाले सवारीसाधन चलाउने गर्दा दुर्घटना बढी हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले बताउनुभयो । भित्री सडकमा ट्राफिक प्रहरीको पहुँच कम हुने र यही कारण लापरवाही तरिकाले सवारीसाधन चलाउँदा दुर्घटना निम्तिने उहाँको भनाइ छ ।

    ट्राफिक प्रहरीको उपस्थिति कम हुने भएकाले भित्री सडकमा मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटना बढी हुने गरेको उहाँले बताउनुभयो । भित्री सडक साँघुरा र बिग्रिएका कारण पनि ती सडकमा दुर्घटना बढी भएको कार्यालयले जनाएको छ । सडकमा खाल्डाखुल्डी, छरपस्ट राखिने निर्माण सामग्रीले दुर्घटना बढाउने गरेको थापाले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.