सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीको बैठक आजदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा सुरु हुँदै


  •    न्युजभित्तो/१२ पुष २०७८, सोमबार १४:२७ 
  • वुटवल,१२ पुस ।  प्रेस चौतारी नेपालको केन्द्रीय कमिटीको बैठक आजदेखि बुद्ध जन्मस्थल लुम्बिनीमा सुरु हुँदैछ । राष्ट्रिय महाधिवेशनको मिति निर्धारण लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो ।

    दुई दिनसम्म चल्ने बैठकमा केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यसमेत सहभागी हुने प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए । प्रेस चौतारीले केन्द्रीय कमिटीमा अनुशासनको कारवाहीबाट हटाएर रिक्त स्थानमा विधान अनुसार सदस्य मनोनयन र एकता प्रक्रियाबाट आएकालाई समायोजन गरेपछि पहिलोपटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

    अध्यक्ष बस्नेतका अनुसार बैठकले राष्ट्रिय महाधिवेशनको मिति तोक्नुका साथै प्रदेश र जिल्ला अधिवेशनको मिति पनि निर्धारण गर्नेछ । चौतारीले आगामी फागुनभित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने कार्ययोजनासहित काम अगाडि बढाएको अध्यक्ष बस्नेतले बताए ।

    बैठकको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले अपरान्ह ३ बजे उदघाटन गर्ने कार्यक्रम तय भएको छ । बैठकमा मोर्चा संगठनका प्रमुख भानुभक्त ढकाल, प्रेस चाैतारीका पूर्व इन्चार्ज सूर्य थापा र प्रचार विभाग उपप्रमुख विष्णु रिजालको पनि उपस्थिति रहने छ ।

    केन्द्रीय कमिटी बैठकमा देशभरबाट केन्द्रीय कमिटी सदस्य तथा अतिथीहरुसहित तीनसय बढीको सहभागिता रहने केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज प्रदिप आचार्यले बताए । प्रेस चौतारी रुपन्देही शाखाको आतिथ्यतामा बैठक हुन लागेको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.