सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एक महिनाभित्र तीन पार्टीका महाधिवेशनमा देउवा अतिथि


  •    न्युजभित्तो/११ पुष २०७८, आईतवार १६:२० 
  • काठमाडौं, ११ पुस । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक महिनाभित्र चारवटा पार्टीको महाधिवेशनमा सहभागी भएका छन् । एक महिनाभित्र राप्रपा, एमाले र माओवादी केन्द्रको महाधिवेशनमा देउवा अतिथिका रूपमा सहभागी भएका हुन् ।

    यही बीचमा नेपाली कांग्रेसको १४औं महाधिवेशनसमेत सम्पन्न भयो । आफ्नै पार्टीको महाधिवेशनमा देउवा सहभागी नहुने कुरै भएन । देउवा पहिलोपल्ट १०–१३ मंसिरमा चितवनमा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा अतिथिका रूपमा सहभागी भएका थिए । प्रधानमन्त्री भएपछि देउवा र एमाले अध्यक्ष केपी ओलीको महाधिवेशनकै मञ्चमा भेट भएको थियो । ओलीले देउवालाई हातमा समातेर लगेका थिए ।

    त्यसपछि १५–१७ मंसिरमा काठमाडौंको भृकुटीमण्डपमा आयोजना भएको राप्रपाको महाधिवेशनको उदघाटन सत्रमा अतिथिका रूपमा उपस्थित भएका थिए । नेपाली कांग्रेसको सभापतिको रूपमा देउवालाई आमन्त्रण गरिएको थियो । उनले अरुलाई पनि आफ्नो प्रतिनिधिका रूपमा पठाउन सक्थे । तर, आफैं गए ।

    एमाले अध्यक्ष ओलीले राप्रपाको महाधिवेशनमा उपाध्यक्ष ईश्वर पोखरेल र माओवादी केन्द्रको महाधिवेशनमा महासचिव शंकर पोखरेललाई पठाएका छन् । उनी कांग्रेसको १४औं महाधिवेशनमा आफैं उपस्थित भएका थिए । आइतबार देउवा माओवादी केन्द्रको आठौं महाधिवेशनमा अतिथिका रूपमा सहभागी भएका छन् ।

    एकीकृत माओवादी केन्द्रका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस र राप्रपाको महाधिवेशनमा अतिथि बनेर गएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादव पनि कांग्रेस, एमाले, राप्रपा र माओवादी केन्द्रको महाधिवेशनमा अतिथि बनेका छन् । न्युज कारखाना

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    • कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.