सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वाग्मती सफाइ महाअभियान ४५०औँ हप्तामा


  •    न्युजभित्तो/१० पुष २०७८, शनिबार १४:५९ 
  • काठमाडौँ, १० पुस । प्रदूषित बन्दै गएको काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मतीमा सफाइ महाअभियान सुरु भएको ४५० हप्ता पूरा भएको छ ।

    विसं २०७२ जेठ ५ गतेदेखि सुरु भएको महाअभियान हरेक हप्ताको शनिबार बिहान ‘दुई घण्टा राष्ट्रका लागि स्वयंसेवा’ भन्ने नाराका साथ हुँदै आएको छ । चाडपर्व, जाडो, गर्मी, वर्षालगायत प्रतिकूल परिस्थितिमा पनि सफाइ महाअभियान रोकिएको छैन । पुसको जाडो होस् वा साउने झरी अभियानकर्मी बिहानै नदी किनारमा पुग्छन् । स्वयंसेवी भावनाले दुई घण्टा सफाइ गरेर फर्कन्छन् ।

    महाअभियानले ४५०औँ हप्ताको विशेष कार्यक्रम बुद्धनगर क्षेत्रको नदी किनारमा सफाइसहित संयुक्त राष्टसङ्घीय उद्यान (यूएन पार्क) मा विशेष कार्यक्रम गरेर सम्पन्न गरेको छ । कार्यक्रममा पूर्वमुख्यसचिव लीलामणि पौडेलले अरुको ऋण लिएर नभई स्वयंसेवी अभियान र स्वदेशी बजेटबाट नै सफाइ अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

    शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र अभियानकर्मीबीच समन्वयमा सफाइ महाअभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त सुमित्रा अमात्य, अधिकार सम्पन्न वाग्मती समितिका सञ्चालक सदस्य डा माला खरेल, ललितपुर महानगरपालिका वडा नं १० का अध्यक्ष नरसिंह व्यञ्जनकारलगायतले सफाइ महाअभियानलाई नदी किनारका अन्य स्थानमा पनि बिस्तार गरिनुपर्ने बताउनुभएको थियो ।

    महाअभियानबाट प्रभावित भएर उपत्यकाका अन्य नदीमा पनि सफाइ अभियान चलिरहेको छ । कार्यक्रममा ती सबै अभियानका संयोजकको सहभागिता थियो । हाल उपत्यकामा रुद्रमती, विष्णुमती, मनोहरा, ललितपुरको गोदावरी खोला, भक्तपुरको हनुमन्ते, चक्रपथको उत्तरी र पश्चिमी भेग गरी २५ स्थानमा सफाइ भइरहेको छ ।

    यसैगरी उपत्यका बाहिरका मुख्य शहर, नदी र सांस्कृतिक सम्पदामा पनि सफाइ भइरहेको छ । हाल काठमाडौँ उपत्यका बाहिर १०८ स्थानमा सफाइ भइरहेको महाअभियानले जनाएको छ । यसैबीच मनोहरा सफाइ अभियानको २४९ औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं ३२ स्थित पेप्सीकोला–सिनाङ्मगल क्षेत्रमा सफाइ गरिएको छ । सफाइमा सुरक्षा निकायसहित अभियानकर्मीको सक्रियता रहेको संयोजक चन्द्र दङ्गालले राससलाई जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.