सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अध्ययन गरी गहिराइ बुझेर मात्र एमसीसी लागू गर्नुपर्छ : अध्यक्ष नेपाल


  •    न्युजभित्तो/९ पुष २०७८, शुक्रबार १६:४८ 
  • काठमाडौँ, ९ पुस। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसीसी)को अध्ययन गरी गहिराइ बुझेर मात्रै लागू गर्ने प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन् । पार्टीको कार्यकर्ता भेलामा सल्यान पुगेका अध्यक्ष नेपालले पत्रकार भेटघाटमा आर्थिक सहयोग मात्र भए एमसीसी पास गर्ने नत्र नगर्ने स्पष्ट पारेका हुन् ।

    अध्यक्ष नेपालले भने, ‘एमसीसी सम्बन्धी वास्तविकता के छ त्यो बुझ्छौं र जनताको चाहना के छ त्यो बुझ्छौं । त्यसपछि मात्र प्रक्रिया अगाडि बढाउँछौं। अमेरिकाले उपलब्ध गराउने आर्थिक सहयोग निस्वार्थ हो भने हामी स्वीकार्छौं । सबै कुराको सुनिश्चित छैन तथा स्वार्थगत छ भने हामी कदापी स्विकार्दैनौं’।’

    यस्तै एमसीसी पारित गर्ने अधिकार जनतालाई दिनुपर्ने पनि उनले बताएका छन् । एमसीसी लागु गर्नका लागि उल्लेख गरिएका कुरा परिमार्जनको माग राख्दै आए पनि सम्बन्धित निकायले बेवास्ता गरेको र अध्ययन नै नगरी पास गर्न खोजेको उनको आरोप छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.