सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जनताको सेटिङको अघि प्रतिक्रान्तिकारीको सेटिङ केही चल्दैन : प्रचण्ड


  •    न्युजभित्तो/९ पुष २०७८, शुक्रबार १५:१४ 
  • काठमाडौँ,९ पुस । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको सेटिङको अघि केही प्रतिक्रान्तिकारीको सेटिङ नचल्ने चेतावनी दिएका छन् ।

    नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र) बीच आज शुक्रबार भएको पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले नेपालमा प्रतिक्रान्तिकारीले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रतिक्रान्तिकारी सोचसहित हमला जारी राखेको पनि बताए ।

    प्रचण्डले अहिले पनि गणतन्त्रलाई उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका छन् । राष्ट्रिय स्वाधिनता र स्वतन्त्रताका विरुद्ध गतिविधि गर्ने दलालहरु र त्यसको प्रतिनिधित्व गर्ने दल एकातिर छन् ।

    उनले ठूलो बलिदानपछि प्राप्त राजनीतिक उपलब्धि संकटमा परेकाले त्यसलाई एकताबद्ध भएर रक्षा गर्नुपर्ने आवश्यकता औंल्याउदै लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्नु अहिलेको मूल आवश्यकता भएको उनको भनाइ थियो ।

    उनले अप्रत्यक्ष रुपमा प्रतिक्रान्तिकारी भनेर नेकपा एमालेलाई कटाक्ष गरेका हुन् । विगतमा एमाले अध्यक्ष केपी शर्मा ओलीले २ /२ पटक संसद विघटन गरेर संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हमला गरेको बताए ।

    उनले गत पुस ५ मा संविधान खारेज गर्ने र परिवर्तनलाई उल्ट्याउने मनसायले प्रतिगामी कदम चालेको बताए । प्रचण्डले इमान्दार क्रान्तिकारीहरु बीचको दिगो एकताले नै प्रतिक्रान्तीकारीहरुलाई परास्त गर्न सकिने बताए ।

    मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालबाट विद्रोह गरी फुटेर बनेको नेकपा मसला (सम्पर्क केन्द्र) ले माओवादी केन्द्रसँग पार्टी एकता भएको हो । राजनीतिक एजेन्डाप्रतिको दृष्टिकोण तथा नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभारबारे विवाद भएपछि मसालबाट अलग्गिएको समूहले नेकपा मसाल (सम्पर्क केन्द्र) गठन भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.