सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नवलपरासीको कावासोतीमा ६० फिट अग्लो भ्यूटावर निर्माण


  •    न्युजभित्तो/९ पुष २०७८, शुक्रबार १४:३५ 
  • नवलपुर ९ पुुस । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा दृश्यालोकन स्तम्भ (भ्यूटावर) निर्माण गरिएको छ । नगरपालिकाले कावासोती–१ बालुवाडाँडामा रु ६८ लाखको लागतमा ६० फिट अग्लो भ्यूटावर निर्माण गरेको हो ।

    लेकबेँसी कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त टावर छ तलाको रहेको नगर उपप्रमुख प्रेमशङ्कर मर्दनिया थारुले जानकारी दिनुभयो । सो भ्यूटावरबाट जिल्लाका पहाडी क्षेत्रसँगै समथर फाँट र नारायणी नदीको दृश्यावलोकन गर्न सकिने र केही दिनमा नै सञ्चालनमा आउने बताइएको छ ।

    सो स्थानमा उद्यान, रेष्टुराँ, शौचालय, सवारीसाधन पार्किङसमेत निर्माण गर्नेगरी विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण भएको इन्जिनियर पवन रुपाखेतीले जानकारी दिए । सो स्थानमा सम्पूर्ण भौतिक पूर्वाधार निर्माणको लागि तयार पारिएको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) अनुसार सबै काम सक्न रु एक करोड ८४ लाख खर्च लग्ने अनुमान गरिएको उनको भनाइ छ ।

    “हामीले त्यहाँको सबै काम सक्दा रु एक करोड ८४ लाख लाग्ने गरी डीपीआर निर्माण भएको थियो”, उनले भने, “अहिले भ्यूटावर मात्रै निर्माण भएको छ त्यसको लागत करिब ६८ लाख मात्रै छ ।”

    कावासोती–१ बालुवाडाँडा ढोणेमा करिब ६० घर परिवार गुरुङ र मगर समुदायको बस्ती रहेकाले होमस्टे (घरबास) सञ्चालन गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना नगरपालिकाले अगाडि सारेको छ । भ्यूटावर निर्माण सुरु भएको ठाउँभन्दा केही पर मानवनिर्मित ‘पोखरी ताल’ छ ।

    पोखरी ताल र भ्यूटावर एउटै स्थानमा भएकाले यस क्षेत्रको प्रचारप्रसार गर्दै पर्यटन प्रवद्र्धन गर्न सकिने जनाइएको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको क्षेत्र फलफूल चोकबाट झण्डै १७ किलोमिटर उत्तरतर्फको पहाडमा भ्यूटावर निर्माण गरिएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.