सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अपरेटरले तलब नपाउँदा विद्युत् सेवा बन्द


  •    न्युजभित्तो/९ पुष २०७८, शुक्रबार ११:१२ 
  • सिमकोट, ९ पुस । विद्युत्का अपरेटरले एक वर्षदेखि तलब नपाएको भन्दै छुइपुग जलविद्युत् आयोजनाको सम्पूर्ण सेवा बन्द गरिएको छ । सिमकोट गाउँपालिका–८ खोल्सी र नाम्खा गाउँपालिका–४ लामा खोल्सीमा रहेको छुईपुग जलविद्युत् आयोजना बुधबारदेखि बन्द गरिएको छ ।

    विद्युत् आयोजनाका अपरेटर ग्याल्जन लामा र भारती सिंहले एक वर्षदेखि तलब नपाएपछि विद्युत् सेवा बुधबारदेखि बन्द गरेका हुन् । गत वर्ष माघदेखि विद्युत् सञ्चालन गर्दै आएको भए पनि आफूहरुले पाउने सेवा सुविधा र तलब नपाएपछि विद्युत् सेवा बन्द गर्न बाध्य भएको अपरेटर लामाले बताउनुभयो ।

    विद्युत् बन्द गरिएपछि दुई वडाका २२० घरधुरी अन्धकारमा बस्न बाध्य छन् । खोल्सीगाउँका ९० घरधुरी, लामाखोल्सी र खगाँलगाउँका १३० घरधुरीका परिवारले उठाएको रकमबाट अपरेटरलाई तलब खुवाउने निर्णय थियो । उक्त निर्णय उल्लङ्घन गर्दै आफूहरूलाई तलब नदिएपछि बाध्य भएर सेवा बन्द गर्नुपरेको अपरेटर लामाले बताउनुभयो ।

    तलबका लागि प्रत्येक घरपरिवारले रु १०० सङ्कलन गर्नुपर्ने हो । त्यो रकम सङ्कलन नगर्दा आफूहरुले विद्युत् सेवा बन्द गरी ताला लगाएको लामाको भनाइ छ । तलब नदिँदासम्म अनिश्चतकालका लागि विद्युत् सेवा बन्द गरिने उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.