सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बैतडीमा अशक्त, असहायका घरमै नागरिकता


  •    न्युजभित्तो/६ पुष २०७८, मंगलवार १२:४१ 
  • बैतडी, ६ पुस ।  जिल्ला प्रशासन कार्यालय बैतडीले अपाङ्गता, अशक्त, असहाय र ज्येष्ठ नागरिकको घरमै पुगेर नागरिकता प्रदान गरिरहेको छ । गाउँमै शिविरको आयोजना गरी तथ्याङ्क सङ्कलन गरेर नागरिकता प्रदान गर्न थालिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताउनुभयो ।

    अन्य कामको सिलसिलामा स्थानीय तहमा कर्मचारी खटिएका बेला नागरिकताका लागि आवश्यक कागजात सङ्कलन गरेर जिल्ला प्रशासनमा ल्याउने र त्यसपछि नागरिकता बनाएर उनीहरुकै घरमै पठाउने गरिएको हो । उहाँले भन्नुभयो, “नागरिकता लिनका लागि जिल्ला सदरमुकाम पुग्न नसक्ने नागरिकको विवरण सङ्कलन गर्ने गरेका हौँ, नागरिकता बनाएर घरमै पठाइदिन्छौँ ।”

    जिल्ला प्रशासन कार्यालयका अनुसार सिगास गाउँपालिकामा सात जना अपाङ्गता भएका नागरिक, अशक्त र ज्येष्ठ नागरिकको नागरिकता बनाएर पठाइसकिएको छ ।

    यस्तै पञ्चेश्वर गाउँपालिकाका ३५, शिवनाथ गाउँपालिका छ र मेलौली नगरपालिकामा सात जनाको विवरण ल्याइसकेको र अब उनीहरुको नागरिकता बनाएर पठाइने जनाइएको छ । अपाङ्गता, अशक्त, असहाय र ज्येष्ठ नागरिकका लागि जिल्लाको डिलाशैनी गाउँपालिकाको धाँमीगाउँमा पुस ११ गते र दोगडाकेदार गाउँपालिकामा पुस १२ गते कर्मचारी खटाइने तयारी भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.