सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चिसाप गीताश्री साहित्य पुरस्कार स्थापना


  •    न्युजभित्तो/१२ असार २०७८, शनिबार ११:३५ 
  • चितवन । चितवन साहित्य परिषद्का पूर्व अध्यक्ष श्रीभक्त अच्यूत वाग्ले र उहाँकी श्रीमती बागमती प्रदेश सभा सदस्य गीता वाग्लेले “चिसाप गीताश्री साहित्य पुरस्कार” स्थापना गर्नुभएको छ । उहाँहरुले पुरस्कारका लागि रु. ५ लाख २ हजार ४५ को चेक परिषद्लाई हस्तान्तरण गर्नुभएको हो ।

    श्रीभक्तका अनुसार सो रकमले हरेक वर्षभरमा प्रकाशित उत्कृष्ट कृतिलाई रु.३५ हजार ४५ नगद सहित पुरस्कृत गरिने छ । परिषद् बि.सं. २०४५ सालमा स्थापना भएकाले पुरस्कार राशीको पछाडि अंक ४५ राखिएको उहाँले बताउनुभयो । श्रीभक्तकै संयोजकत्वमा परिषद्को आफ्नै भवन पनि निर्माण गरिएको छ ।

    संविधानसभा सदस्य समेत रहनु भएकी गीता वाग्लेले साहित्यकारलाई थप उर्जा प्रदान गर्न पुरस्कारको राशी हस्तान्तरण गरिएको बताउनुभयो । उक्त रकम परिषद्का अध्यक्ष सुरेन्द्रप्रसाद अस्तफललाई हस्तान्तरण गरिएको हो । अस्तफलले देशभरबाट एक वर्षमा प्रकाशित भएका साहित्यिक पुस्तकहरुमध्ये उत्कृष्टलाई यो पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.