सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जनउत्तरदायी पत्रकारिता : हाम्रो प्रतिबद्धता


  •    /३ बैशाख २०७६, मंगलवार १७:५० 
  • कृति मिडिया प्रा.लि.को सञ्चालनमा नयाँ वर्ष २०७६ को शुरुवातसँगै अनलाईन न्यूज पोर्टल ‘न्यूजभित्तो डटकम’ (newsvitto.com) को शुरुवात भएको छ । इन्टरनेटको बढ्दो पहुँच, सम्प्रेषण गरिएका सामग्री ‘अडियन्स’ले तत्काल प्राप्त गर्न सक्नु, कुनै पनि सामग्री आफुलाई मन लागेको बखत जुनसुकै समयमा मोबाइल फोन, कम्प्युटरमा खोलेर पढ्न, हेर्न सकिने, त्यसलाई सुरक्षित राख्न सकिनेलगायतका कारणले अनलाईन मिडियाप्रतिको आकर्षण र प्रभाव बढ्दो छ । त्यसैले हामीले समयको मागअनुरुप अनलाईन न्यूज पोर्टल ‘न्यूजभित्तो डटकम’ सञ्चालनमा ल्याएका छौँ । ‘न्यूजभित्तो डटकम’ आम अनलाईन सञ्चार माध्यमबीचको एउटा सदस्य हो । तर पनि हामी समाचारको शुद्धता र विश्वसनीयताका हिसावले आफ्नो भिन्नै परिचय दिन अभ्यासरत रहने छौँ ।

    विषयवस्तुका हिसाबले घटनाप्रधान मात्रै नभई खोजमूलक एवम् पाठकका अभिरुचीका विषय, ज्ञानवद्र्धक विषयवस्तु, समसामयिक विचारप्रधान लेख सम्प्रेषण हाम्रो प्राथमिकता रहने छ । हामी नयाँ लेखकहरुलाई पनि उत्तिकै प्राथमिकता दिने छौँ । तथ्यपरक, सन्तुलित र विश्वसनीय समाचार सम्प्रेषण पत्रकारिताको धर्म हो र यसलाई पत्रकारिताको प्राण मानिन्छ । जसलाई हामीले मूलमन्त्र मानेका छौँ । नयाँ वर्षबाटै यसको शुरुवात गर्नुको अर्थ नेपाली अनलाईन सञ्चारकर्ममा केही नयाँ अभ्यास गर्न सकौँ भन्ने अभिलाषा पनि हो । पाठकको साथ, सहभागिता बिना हाम्रो यो यात्रा अपुरो रहने छ । यसमा हाम्रो कहिँ कमीकमजोरी रह्यो भने हाम्रा ‘अडियन्स’हरुले हामीलाई घचघच्याउनु हुनेछ र आफुसँग भएका नयाँ सोचसमेत प्रदान गर्नुहुनेछ भन्ने हाम्रो विनम्र आग्रह, अपेक्षा छ ।

    समृद्ध नेपाल यतिबेला सबै नेपालीको साझा सपना बनेको छ । न्यूजभित्तो डटकम (newsvitto.com)ले यस्तो बेलामा आफ्नो यात्रा शुरु गरेको छ, जतिबेला सबै नेपाली समृद्ध नेपालको परिकल्पनामा छौँ, यसको यात्रामा अगाडि बढेका छौँ । हामीले सम्प्रेषण गर्ने समाचार, विचारको माध्यमबाट समृद्ध नेपाल निर्माणको साझा लक्ष्य प्राप्तिका लागि सहयोग पु¥याउन सकौँ भन्ने प्रयास रहने छ । जनउत्तरदायी पत्रकारिताबाट मात्रै हामीले आफुलाई आफ्नो प्रतिबद्धतामा निष्ठावान ढङ्गले उभ्याउन सक्छौँ भन्ने हाम्रो विश्वास छ । त्यसैले जनउत्तरदायी पत्रकारिता हामीले आफैलाई जिम्मेवार बनाइरहने र हाम्रा पाठकले हामीलाई जाँच्ने कसी हुनेछ । जसबाट हामी विचलित हुने छैनौँ । हाम्रो मौलिक पहिचान बोकेको नयाँ वर्ष बिक्रम संवत् २०७६ सालको पुनीत अवसरमा हामी सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.