सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

साहित्य सन्ध्या पुरस्कार–२०७६ साहित्यकार डा. रवीन्द्र समीरलाई प्रदान


  •    न्युजभित्तो/६ चैत्र २०७७, शुक्रबार १२:३४ 
  • काठमाडौँ, ६ चैत । साहित्य सन्ध्या पुरस्कार–२०७६ साहित्यकार डा. रवीन्द्र समीरलाई प्रदान गर्ने भएको छ । साहित्य सन्ध्या नेपालले बिहीवार सो पुरस्कार डा.समीरलाई प्रदान गर्ने निर्णय गरेको हो ।

    नेपाली साहित्य विशेष गरेर स्वास्थ्य साहित्य तथा लघुकथा विधामा विगत ३ दशकदेखि क्रियाशील डा. समीरलाई चैत १५ गते हुने समारोहमा १५ हजार राशिसहित सो पुरस्कार प्रदान गरिनेछ । गुल्मी जिल्लाको खुर्काेटमा जन्मनुभएका डा. समीरका बहुचर्चित मृत्युको आयु लगायत १२ वटा साहित्यिक कृति प्रकाशित छन् । त्यस्तै एसओएस बालग्राममा कक्षा १० मा अध्ययनरत अभिभावकको वात्सल्य गुमाएकी पढाइका अलावा बालसाहित्यका क्षेत्रमा समेत योगदान गरिरहेकी छात्रा बन्दुमाया राईलाई रु १० हजार राशिको २०७६ सालको ‘साहित्य सन्ध्या–मन पुरस्कार तथा सम्मान’ दिइने छ ।

    यसैगरी दैलेखमा जन्मी नेपालगञ्जलाई कर्मक्षेत्र बनाएर प्राध्यापन, वैचारिक अभियान, साहित्यिक संस्थाको नेतृत्वसमेतमा सक्रिय रही विविध विधामा नेपाली प्रगतिवादी साहित्यमा उल्लेख्य योगदान गरिरहनुभएका हरिप्रसाद तिम्सिनालाई ‘साहित्य सन्ध्या–कृवा (कृष्णचन्द्र–बालकुमारी सत्याल) पुरस्कार तथा सम्मान’ तथा तेह्रथुम जिल्लामा जन्मिएर सुनसरी जिल्लाको चक्रघट्टीमा स्थायी बसोबास भई नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै नियात्रालेखन तथा प्रकाशनमा सक्रियताका साथ लागिरहनुभएका खेमनाथ दाहाललाई रु १० हजार राशिको ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईं नियात्रा पुरस्कार तथा सम्मान’ दिइने सन्ध्याका अध्यक्ष राम विनयले जानकारी दिनुभयो ।

    साहित्य सन्ध्याले साढे तीन दशकदेखि महीनाको पहिलो शनिबार साहित्य गोष्ठी गर्ने गरिरहेको र सन्ध्याले सम्पन्न गर्ने वार्षिक एघार मासिक शृङ्खलामध्ये १० वटामा नियमित उपस्थित भई सिर्जना वाचन गर्ने एक स्रष्टालाई ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’ प्रदान गरिँदै आएकामा यस वर्ष महामारीका कारण भौतिक र भर्चुअल गरी नौ मासिक शृङ्खला सम्पन्न गरिएको र त्यसमध्ये आठ शृङ्खलामा सक्रियताका साथ सहभागी सीताराम नेपाललाई २०७६ सालको रु पाँच हजार राशिको ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार तथा सम्मान’ दिइनेछ । ती पुरस्कार यही चैत १४ गते जुम क्लाउड मिटिङका माध्यमबाट आयोजना गरिने विशेष समारोहमा प्रदान गरिने छ । (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.