काठमाडौं, २ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका सांसद विनोद चौधरीको बयान लिने तयारी गरेको छ ।
बाँसबारी छालाजुत्ता कारखानाको जग्गा अनियमितता गरी निजी कम्पनीको नाममा दर्ता भएको प्रारम्भिक निष्कर्षपछि आयोगले सांसद चौधरीको बयान लिने तयारी गरेको हो ।
अख्तियारले शुरुमा विनोदसँगै उनका भाइ अरुण चौधरीसँग समेत बयान लिने गरी तयारी थालेको हो । ‘बाँसबारीको जग्गा गैरकानूनी ढंगले व्यक्ति ९निजी कम्पनी०का नाममा दर्ता भएको र त्यो काममा बाँसबारीका तत्कालीन पदाधिकारी सहित चौधरी परिवारका कतिपयको भूमिका रहेको हाम्रो अनुसन्धानबाट देखियो, पत्र पठाउने योजना बनिसकेको छ’ अख्तियार उच्च स्रोतले भन्यो, ‘यो साताभित्रमा हामीले उहाँलाई बोलाउने तयारी गरेका छौं । विनोद र अरुण चौधरीको शुरुमै बयान लिने योजना बनेको छ ।’