सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपाको स्थापना दिवस र जनअपेक्षा


  •    /९ बैशाख २०७६, सोमबार १३:४४ 
  • नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको आज ७० वर्ष पुगेको छ । ७० वर्षअघि २२ अप्रिलका दिन पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो । स्थापनाको ७० वर्षमा नेपालको संसदीय फाँटमा नेकपा सबैभन्दा ठूलो पार्टीको रुपमा स्थापित छ । स्थापनाको केही वर्षदेखिनै टुटफुटको लामो पीडाबाट गुज्रँदै आएको नेपालको कम्युनिष्ट पार्टीका दुई ठूला धार यतिबेला एकै ठाउँमा उभिएका छन् र एउटै कम्युनिष्ट केन्द्र मात्र भएको होइन कि देशकै ठूलो पार्टी समेत बन्न पुगेको छ ।

    विश्वको इतिहासलाई केलाउँदा सामान्यतः कम्युनिष्टहरु संसदीय अभ्यासप्रति उतिसारो रुची राख्दैनन् । तर नेपालमा नेकपा एमालेका तत्कालीन महासचिव ‘जननेता’ मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)को कार्यमूलक सिद्धान्तलाई आत्मसात गरेको यो पार्टीले जनताको मन जित्न सक्यो । कालान्तरमा दुईतिर मुख फर्किएका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रले एउटै कम्युनिष्ट पार्टी बनाएर एकाकार भएका छन् ।

    एमाले र माओवादी केन्द्र एउटै अङ्गालोमा बाँधिएका छन् । तर यो अङ्गालो कत्तिको कसिलो र भावनात्मक छ त्यो त भविष्यले नै देखाउला । तर आधा भन्दा बढी जनताले नेपालमा कम्युनिष्ट पार्टी रोज्ने गरेका जनमतबाट देखिन्छ र यसकारण धेरै जनता यसबाट खुसी रहेको विश्लेषण गर्न सकिन्छ । अर्कोतर्फ टुक्रा टुक्रामा विभाजन भएका एउटै सिद्धान्तको जगमा रहेका पार्टीहरु एक ठाउँमा उभिदा देशमा राजनीतिक स्थिरतालाई पनि सहयोग पुग्ने तथ्यलाई पनि मनन् गर्नैपर्छ । अरु सिद्धान्त बोक्नेलाई पनि यो गतिलो पाठ हो । अझैपनि नेपालमा कम्युनिष्ट पार्टीका धेरै समूह भिन्नाभिन्नै ढङ्गले क्रियाशिल छन् । कम्युनिष्ट–कम्युनिष्टबीचको लडाईँ, आरोप प्रत्योप अरु सिद्धान्त बोक्नेले लगाउने भन्दा पनि चर्को छ । एकआपसमा असहिष्णु देखिन्छन् । मौका आए राजनीतिक ‘सफाया’ गर्न कम्युनिष्टबीचको असहिष्णुताले काम गरेको बुझ्न सकिन्छ । यसले अझै बलियो बन्न सक्ने नेपालका कम्युनिष्टहरुको धरातललाई कमजोर बनाउन मनग्यै बल पुगेको छ भन्दा अन्यथा नहोला ।

    ७० वर्षको इतिहास बोकेको नेपालको कम्युनिष्ट पार्टीसँग जसरी नेपाली जनताका धेरै आशा र अपेक्षा छन् उसैगरी नागरिकले ठूलो पार्टी बनाएर सत्तामा पुर्याएको दुई तिहाई जनमतको बलियो जगमा उभिएको सत्तासीन नेपाल कम्युनिष्ट पार्टीको देश र नागरिकप्रति अथाह जिम्मेवारी पनि छ । जनताका सबै आशा र अपेक्षा अहिलेको अहिल्यै वा छोटो समयमा पूरा हुन नसक्लान् तर आधारभूत विषयमा भने दुई तिहाईको कम्युनिष्ट सरकारले मन जित्नेगरी काम गर्न सक्नैपर्छ । त्यसका लागि पार्टी र सरकार दुवै जवाफदेही हुनैपर्छ ।

    अर्कोतर्फ, सत्तामा नरहेका आधा दर्जनभन्दा धेरै अन्य कम्युनिष्ट पार्टीका सामुपनि सधैँ आन्दोलन र असहमतिको नारा मात्रै होइन द्वन्द्वात्मक भौतिकवादलाई सिर्जनात्मक प्रयोगद्वारा नयाँ नेपाल निर्माणको अभियानमा सरिक हुनुपर्ने दायित्व र जनअपेक्षालाई पूरा गर्न लागिपर्नु पर्छ । आजको दिनमा कम्युनिष्ट पार्टी स्थापनाको उद्धेश्य र लक्ष्यमा पुग्न सकियो कि सकिएन ? कतै बाटो पो बिरायौँ कि ? भनेर गम्भीर रुपमा विश्लेषण गर्न पनि उत्तिकै आवश्यक छ । नारामा जस्तै समृद्ध नेपाल निर्माणको दिशामा नेपालका कम्युनिष्टहरु उन्मुख हुन र त्यो लक्ष्यमा पुग्न सकून्, नेकपा स्थापना दिवसको अवसरका हाम्रो शुभकामना ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.